विशेष

विराटनगर सजाउन स्टेण्डमा राखेका गमला झर्छ र लाग्छ भन्ने त्रास भए

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा सौन्दर्यकरणका लागि फलाममा स्टेण्डमा राखिएका गमलामा रोपिएका फूल त जागेनन् । फूल जगाउन नसकेपनि तीनवर्ष अगाडी राखिएका गमला अहिले पासो बनेका छन् । फुटेका गमला पोलमै रहँदा कतिबेला कसरी झर्छ र कसलाई लाग्छ भन्ने स्थितिमा पुगेका हुन् । विराटनगरको तीनपैनी चोकद. . .


विराटनगरमा ढुवानीले बढाउँछ टमाटरको भाउ

इशु पन्त विराटनगर । विराटनगर आसपास टमाटर उत्पादन कम छ । उपभोक्ताको माग अनुसार छोटो दुरीमा टमाटर उत्पादन नहुँदा दाङ्गबाट व्यापारीले मगाउँने गरेका छन् । दाङ्गमा लोड भएको गाडी तीनदिनपछि मात्रै विराटनगर आईपुग्छ । दाङ्गमा खरिद गरेको टमाटर यहाँसम्म ल्याउँदा ढुवानी महंगो पर्ने भएकोले विराटनगरमा त्यसको म. . .


वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

काठमाडौँ । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै �. . .


रात्रीकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन विराटनगर महानगर अग्रसर

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ । दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ । �. . .


ब्रान्ड चोरी गरेर नक्कली सर्फ उत्पादन गर्ने उद्योगमा सिलबन्दी

विराटनगर । भारतका प्रसिद्ध २ उत्पादनका ब्रान्ड नेम र प्याकेजिङ उस्तै देखिने गरी बनाएर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको उद्योग सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन मोरङले विराटनगर महानगरपालिका वडा नम्बर ५ दामाबन्दीस्थित युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज बिहिवार साँझ सिलबन्दी गरेको हो । युनिक स�. . .


एनपीएल : कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(बिहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । बिहीबार भएको क्वालिफायर-२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ । आजको खेलमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको थियो । टियू क्रिकेट मैदानमा टस . . .


विराटनगरमा नक्कली सर्फ : पतञ्जलीको नाम पाताजली, फेनाको यूनिक फेना

विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो । पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पात. . .


विराटनगरमा जिकर ईभी गाडीको बिक्री सुरु,यस्ता छन् विशेषता

इशु पन्त विराटनगर । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर विराटनगरबाट बिक्री वितरण सुरु भएको छ । पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो । जुन गाडीको बुधबार विराटनगरस्थित सिटी प्यालेशमा भव्य कार्यक्रमकाबीच सार्वजानिक गरिएको थियो । ६६ किलोवाट ब. . .


विराटनगरले एशियन हाईवे र त्रिदेशीय लाइफलाइनबाट लाभ लिनुपर्छ

विराटनगर । त्रिदेशीय लाइफलाइन विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीहरुले बताएका छन् । विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजनामा सम्पन्न कार्यशालामा उद्योगीहरुले रानी. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ । बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ ह�. . .


झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी (झापा) । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून�. . .


नेपाल टेलिकमको नाममा क्रिसमस गिफ्ट दिने भन्दै ठगी

काठमाडौं । नेपाल टेलिकमको नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नामबाट पुरस्कार दिने भन्दै स्पाम लिङ्क फैलाइएको हो । स्पाममा प्रयोग गरिएको डोमेन नाम कम्पनीको आधिकारिक डोमेनभन्दा फरक रहेको छ । लिङ्कमा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित�. . .