ऊ गयो रे ! टाढा, धेरै टाढा ऊ गएको ठाउँ दूरबिनले देखिन्न रे ! भन्छन् ऊ अलबिदा भयो रे ! हिम्मत नहार्ने गीत गाउँथ्यो रे ! हिम्मत नहार्ने गीत कोर्थ्यो रे ! आज आफैँ हिम्मत हार्दा ऊ अलबिदा भयो रे ! मनको ढुकढुकी थियो ऊ सबैको फ्याँकिने प्रत्येक सास थियो ऊ सबैको आज सबैको धडकन् बन्द भयो रे ! कारण ऊ अलबिदा भयो रे ! �. . .
यो घना दुनियाँको जङ्गलमा आज एउटा रूख लड्न आँटेको छ उसकी चरीको बियोगमा । आज अर्को उजाड रुख सिँगार्न खोज्छे त्यो चरी । म सम्झाउँ त के सम्झाउँ उसलाई त हरियाली नै मन पर्न छोड्यो रे आफ्नो रङ्गिविरङ्गी पँखेटा ओझेल परिदियो रे । उसको रङ्ग खुल्न दिने एउटा हरियाली बिनाको, हाँगा नफैलेको, एक्लै उभिएको उजाड �. . .
तर हामी त जनताकै लागि हौं सत्य सत्य धरोधर्म यो बन्द हाम्रै लागि हो कृपया बुझिदिनुस् मर्म ओई केटो उता हेर् त बन्दको अवज्ञा गर्ने को त्यो साला फुटाईदे बाईक जलाईदे गाडी अनि पो अरुको नि सात्तो जाला देशको लागि लड्दैछौं नेताको भुँडी भर्दैछौं कति दिन हामी अन्धो भई बस्ने ? दाजुभाई लडेरै मर्दैछौं!! देश र जनत. . .
विरामी छोरालाई हस्पिटलको वेडमा एक्लै छोडेर उनी मन्दिर गए प्राथना गरे भगवान् सँग, 'प्रभु, मेरो छोरा लाई वचाउनुहोस्' एकैछिनमा एक मानिस आफ्नो काम छोडेर भएपनि अस्पताल आए र एक पिन्ट रगत दिएर गए । नियमित रक्तदान गर्ने सवै रक्तदाता हरूमा समर्पित ।. . .
प्रिया एउटा काम गरौ मन्दिर सामु उभिएर अाऊ न हरे राम गरौ मन्दिर सामु उभिएर । तिम्रो जीवन अमुल्य छ मेरो पनि अमुल्य हो अाऊ एउटै दाम गरौ मन्दिर सामु उभिएर। जात जम्मा दुईटा हुन्छ एक तिमी अर्को म हूँ यो सत्यलाई प्रणाम गरौ मन्दिर सामु उभिएर। दुख कष्ट महामारी अाउन सक्छ जीवनमा सबै नाका जाम गरौ मन्दिर सामु. . .
जन्म दिन मनाएकाे केककाे वासना उडेकै थिएन।काेठाभरि छताछुल्ल एउटा उन्माद पाेखिएकाे थियाे।वेलुनहरु फिर फिर फिर फिर हावामा नाच्दै थिए ।बेलुकाकाे नाै वजे पछाडि साथीहरु विदा गरेर दिनभरिकाे थकानले विद्धु उसकाे पलङ्मा पल्टिरहेकाे थियाे । काेठाकाे एउटा झ्याल खुल्ला थियाे तर बाँकी झ्याल ढाेका बन्द थिए�. . .
दशैँमा तास खेलेर बसेको बेला उसको फोन आयो। मैले अफ्ठेरो मान्दै उठाएर सानो स्वरमा भनेँ "एकछिन पछि गर्छु है? अहिले तास खेल्दैछु म।" उसले जिद्दी गर्दै भनि "नाइ के अहिले बोल्ने।" मैले थोरै कडा स्वरमा भनें "झन् भन्दैछु त, तास खेल्दैछु भनेर।कस्तो नबुझेको।" उसले केही नबोली फोन काटिदिइ। म पनि वास्तै नगरी तास खे. . .
ईशू म नजिक आएर एकाएक मदेखि टाढा भई टुक्रिएर चोइटिएर उदास हुँदै रिसाएर रुँदै तोडी मेरो आत्मीय मन र मित्रता ईशू मलाई प्रत्येक बिहान नुहाइदिन्थी फूलको सुवासले सिकाउँथी प्रेमिल पाठ मभित्र भर्थी संघर्ष गर्ने क्षमता भर्थी, बाँच्नुको मोह सिकाउँथी आदर्श र नैतिकता ईशू स्वर्गको परी जस्तै थिई उसलाई पाए. . .
जाँदा आशा बोकी गयाै बकासमा आउँदा लास बनि आयाै त्यहि जाहाजमा जाँदा आउँदा यति फरक भयो कि जाँदा सुन्दर सपना बोकी गयाै आउँदा बाकसमा सजिएर आयाै गयाै तिमि फुलको माला र आसिर्वाद, भबिस्यका सपना बोकेर फर्क्याै तिमि बाकस भित्र चार किल्ला काँटीले ठोकेर आफ्नै देशको विकास गर्न रोजगार देउ युवालाई उद्याेग धन्. . .
बिहान बिहान मेरो रेडियोमा एउटा गीत बज्छ ," म झुक्दै नझुक्ने यो नेपालको छोरो ......." यो गीत गाउने को होला ??? बिहान बिहान सधै जसो रुदै गीत गाउदै गर्छ ! केही भोजपुरे सिग्देल तिरका नेपालका छोरा छोरी लाई त मैले पनि पढाएको थिए तर चिन्न सकिन यो कुन नेपालको छोरो हो ??? बाहिर फेर हेर्छु सबै झुकेरै हिड्ने मात्रै देख्छु , . . .
सिजनल डार्लिङ बाटो छेउ सहेलिसँग मस्किदै लत्रिएर आफैले ऊनेको बैजनी मिमोसा कार्पेटमा कर्के नजरको एम्बुसले भेन्ट्रिकलको भित्ता नाप्छौ । हिमालको पर्दालाई सुरजले चुमेर लालिगुँरासको बिचमा ढकमक्क तिमी मुस्कुराउदा तिम्रा ओठले रेटिनाको चित्रकला जाँच्छौ। सुकोमल पतिकामा हरियाली भरेर सुगन्धको बतास चल�. . .
देख्दैछु तिम्रो रुप र स्रिङ्गार हुँदैछु म लट्ठ शर्माउदै मलाई नियली मुस्कुराछौ जब तरङीत हुन्छन मेरा अङ्ग अङ्ग मेरा लागि तिमी बर्त बस्ने अरे निर्जल निराहर हुने अरे मेरो पाउ को पानी खाने अरे प्रिया तिमीले मलाई भगवान देख्योउ ? खित्का छाडेर हास्न मन लाग्यो मन भारी भारी भएर आयो दिनभरी गोरु झै जोतिएर �. . .