Admin_OB

बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परे

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सरोजकुमार शाह पक्राउ परेका हुन् । पक्राउ परेका शाह बुटवलको सवारी जाँचपास तथा प्राबिधिक शाखाका मेकानिकल इन्जिनियर समेत हुन् । . . .


काठमाडौँ–तराई मधेस द्रुतमार्गका लागि डेढ लाख रुख काट्नुपर्ने

काठमाडौं । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ . . .


नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभा सचेतकमा सुयर्माराज राई नियुक्त

बिराटनगर साउन २८  । मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सभाका सदस्य सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभाको संसदीय दलको सचेतक पदमा नियुक्त भएका छन । उनलाई यहि साउन २४ गते सो पदमा नियुत्त गरिएको हो । मोरङको बिभिन्न खोलाहरुमा भएको चरम दोहन,लगायतका बिषयमा शसत्त आवाज उठाएर चर्चामा आए. . .


देशभर ३ दिन मध्यम तथा भारी वर्षाको सम्भावना

बिराटनगर साउन २८ , मौसम पूर्वानुमान महाशाखाले ३ दिन (आज, भोलि र पर्सि) देशभर मध्यम तथा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । महाशाखाले सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । दिउँसो पूर्व र मध्यका थो�. . .


विद्युत् सर्ट भई झापाको दमकमा आज होटलमा आगलागी हुँदा २० लाख बराबरको क्षति

२८ साउन, झापा । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।   आगलागीबाट हलमा भएका एसी, �. . .


आज साउन महिनाको अन्तिम सोमबार,शिवालयहरुमा श्रद्धालुहरुको भिड

बिराटनगर साउन २८ . आज साउन महिनाको अन्तिम सोमबार,  देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम ग�. . .


ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च , चेतना स्तर कम र अशिक्षा कारक

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च रहेको पाइएको छ । जिल्लाको वैवाहिक अवस्था अनुसार झण्डै आधाले बालविवाह अर्थात् कम उमेरमा विवाह गर्ने गरेको पाइएको हो । कानुनमा विवाहका लागि तोकेको न्यूनतम उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ । समाजको चेतना स्तर कम र अशिक्षाक�. . .


विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई ५ वर्ष जेल र ५० हजार जरिवाना

काठमाडौं साउन २८ । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद र �. . .


विराटनगरको घिनाघाटमा मोटरसाइकल दुर्घटना

बिराटनगर साउन २८ , विराटनगर महानगरपालिका-१९ स्थित घिनाघाटमा बेलुकी ८:३० बजे २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन् । को २९ प २५७९ नम्बरको र को २१ प ५२२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा को २९ प २५७९ नम्बरको मोटरसाइकलका चालक सुनसरी जिल्ला दुहवी नगरपालिका-१ बस्ने वर्ष २८ को सन्जु गच्छदार . . .


बिराटनगरमा पुरानो बाइक सट्टापट्टाको लागि निर्बिक रिकन्डिसन खुल्यो

बिराटनगर साउन २८ , के तपाइलाई आफ्नो पुरानो बाइक तथा स्कुटर साटेर नयाँ लिन मन छ वा उचित दाम आउने गरि पुरानो सवारीसाधन बेच्न वा किन्न मन भए बिराटनगरमा निर्बिक रिकन्डिसन खुलेको छ । बिराटनगरको मुनालपथमा खुलेको उक्त रिकन्डिसनमा पुरानो बाइक सट्टापट्टाको सुबिधा रहेको संचालक निशान कटवालले जानकारी दिए । यह�. . .


फेरी बिराटनगरबाट ३ जना जुवाडे पक्राउ परे

मोरङ, साउन २८ । विराटनगर महानगरपालिका-१३ स्थित माईती नेपाल नजिकैबाट शनिबार साँझ ७ बजे ३ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय वर्ष ५४ को एतन कुमार खड्काको घरमा जुवा हुँदैछ भन्ने सुचनाका आधारमा सिआरभि जतुवाको टोलीले घर धनि खड्का सहित सोही ठाउँ बस्ने वर्ष ४५ को कैलाश महतो र वर्ष ३८ को मनोज महतोलाई ३ बुक त. . .


विराटनगरमा दुर्घटनामा परेका आचार्यको उपचारका क्रममा मृत्यु

मोरङ, साउन २८  । विराटनगर महानगरपालिका-४ स्थित पहडगछ ढाटमा ३ दिन अघि मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विराटनगर महानगरपालिका-४ बस्ने वर्ष ६८ को खगेन्द्र प्रसाद आचार्यको सोमबार उपचारका क्रममा मृत्यु भएको छ। साउन २४ गते बिहिबार बिहान ११:१५ बजे आचार्यलाई को ३२ प ६४३३ नम्बरको मोटरसाइकलले ठक्कर दि�. . .