पथरी, मोरङ (रासस) । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए । सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर . . .
जनकपुरधाम, कात्तिक ८। आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्�. . .
जाकार्ता, इन्डोनेसिया (रासस/सिन्ह्वा) । इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार बेलुका ५:४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिम. . .
काठमाडौं । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने भएका छन् । निर्वाचनमा कुनै पनि कर्मचारी आफ्नो स्थायी ठेगाना रहेको ठाउँमा खटिन नपाउने तथा मतदाता नामावली रहेको र सोहीअनुसार तोकिएको केन्द्रबाट मतदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयो�. . .
सुमन सुस्केरा ७ कात्तिक, विराटनगर मोरङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ । मोरङमा ३ सय मतदान स्थलमा ८९ वटा मतदान केन्द्र थपिएको हो । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका अनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान स्थलको . . .
सुमन तिमल्सिना बिराटनगर, कात्तिक ७ मोरङको पाटिगाउँ र याङ्सिलामा ३० बिगाहा क्षेत्रफलमा किसानले कागती खेती भर्खरै शुरु गरेका छन् । उनीहरुको भर्खरै रोपेको बिरुवामा समस्या देखियो, प्राबिधिक पठाउन जिल्ला कृषि विकास कार्यालयमा पटक पटक खबर गरे तर प्राबिधिक पुग्न सकेनन् । हसनदहका भरत भट्टराई र बिमल भट्टर�. . .
बिराटनगर कार्तिक ७ , बिराटनगरमा कार्तिक ९ गते हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । “म्युजिकल फेस्ट २०७४” मा चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक संदेश सुबेदी , उर्जा ब्याण्ड . . .
काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्था फेला गरेका छन्। होटलको ३३६ कोठा नम्वरमा मंगलबार विहान उनी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले बताए । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । गत शनिवारदेखि उनी ह�. . .
भक्तपुर, रासस । कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भए�. . .
राजविराज, रासस । आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरे�. . .
भोजपुर, रासस । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबा. . .
गएको महान पर्व तिहारमा करिब १० करोड रुपैयाँको फूलको व्यवसाय भएको छ । पुष्प व्यवसायीले अपेक्षा गरेकोभन्दा बढी फूलको कारोबार भएको जनाइएको छ । उनीहरुले ग्राहकहरुको माग अनुसार पर्याप्त मात्रामा फूलहरुको आपूर्ति गर्न नसकेको स्वीकारे । फ्लोरीकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष दिलिप वादेले तिहारम. . .