Admin_OB

नेपाल र हङकङबीचको दोस्रो रद्द. नेपाल डिभिजन २ मा घटुवा

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो रद्द भएको छ । हङकङमा सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछिको लगातार वर्षाको कारण नेपाल र घरेलु टोलीबीचको खेल रद्द भएको हो । आइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल �. . .


नुहाउने क्रममा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

इलाम, असोज ३०, इलामको सुर्योदय नगरपालिका-१ स्थित खहरे खोलामा नुहाउने क्रममा आइतबार डुबेर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्। सुर्योदय नगरपालिका-१ बस्ने ३७ बर्षिय सार्की शेर्पा र ३२ बर्षिय पासाङ शेर्पा अपरान्ह ३ बजेतिर उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएका दुवैजना अबेर सम्म नफर�. . .


उदयपुरमा खुकुरी प्रहारबाट एक घाईते

उदयपुर, असोज ३०, उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने ४५ बर्षिय तिलक माझी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। माझीलाई सामान्य बादबिवाद हुँदा सोही ठाउँका २४ बर्षिय जिबन माझीले खुकुर�. . .


बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

 बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा   चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्�. . .


भाइटीकाको साइत ११ः५१ बजे उत्तम

काठमाडौँ, रासस । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए ।  उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनी. . .


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र यस्तो हुनेछ ..

काठमाडौं । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शिक्षाका लागि निर्वाचन आयोगले नमुना मतपत्र तयार पारेको छ । समानुपातिकको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र नै छाप्न सुरु गरिसकेको आयोगले प्रत्यक्ष र समानुपातिककै नमुना मतपत्र तयार पारेको जनाएको छ । कस्तो हुन्छ मतपत्र ?  प्रतिन. . .


उपसभामुख पनि एमालेमा प्रवेश !!

उपसभामुख एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव गएको असोजको अन्तिम साता उपसभामुख बनेका थिए । रा�. . .


बिराटनगरमा स्वप्न सुमनले युवा तन्नेरीलाई नचाए

पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमनले शुक्रबार  विराटनगरमा युवाहरुलाई नचाएका छन्  । शुक्रबार साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ मा उनले एक दर्जन बढी गित गाएका थिए । ग्ल्यामर्स नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका दर�. . .


उदयपुर जिल्ला अस्पताल डाक्टरविहीन

गाईघाट, (उदयपुर) असोज २८ गते । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । . . .


मोरंगमा पशुपालनबाट लाभ लिदै शिक्षित युवा

पथरी, मोरङ,  असोज २९ गते ।  मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभए. . .


बिराटनगरमा गए राति मोटरसाईकल दुर्घटना हुँदा २ घाईते

बिराटनगर महानगरपालिका ८ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। भित्री सडक खण्डमा को २० प ५४८० नम्बर र ना ३८ प २६३१ नम्बरको मोटरसाईकल राती ११ बजे एक आपसमा ठक्कर खाएको थियो। ठक्करबाट दुबै मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने बर्ष ३६ को दिपेश पौडेल . . .


धरानमा मोटरसाइकल दुर्घटनामा देबेन्द्रको मृत्यु

सुनसरी धरान उप महानगरपालिका १५ मा शनिवार राती सवा ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भित्री सडक खण्ड अन्तर्गत बा ४ ८ प ९९३६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालक मोरङ दर्बेसा ५ बस्ने बर्ष २७ को महेश प्रसाद ओझा र पछा. . .