निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम-कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेर अघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन्। अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सह. . .
धनकुटा, कार्तिक १४ । धनकुटा नगरपालिका–९ तिनघुम्तास्थित कोशी लोकमार्गमा शुक्रबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस बिहान करिब ८:४५ बजे हावाको पाइप अचानक पड्किएपछि अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुट�. . .
काठमाडौं । देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागरिकलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा �. . .
नवनियुक्त माननीय मन्त्री बब्लु गुप्ताज्यू लाई नेपालको खेलकुदलाई राजनीतिमुक्त बनाई सम्पूर्ण इकोसिस्टम सुधार गर्नका लागि केहि सुझावहरू १. खेलकुदलाई राजनीतिमुक्त बनाउने मूल सुझाव (Core Suggestion for Depoliticization) राष्ट्रिय खेलकुद परिषद् (NSC) को रूपान्तरण: NSC लाई तत्काल कानूनी रूपमा पूर्णतः स्वायत्त ‘राष्ट्रिय खेलकु. . .
विराटनगर कार्तिक ५, सुरक्षा निकायको सुझावलाई बेवास्ता गर्दै सञ्चालन गरिएको प्रथम जहदा महोत्सव झडपपछि स्थगित गरिएको छ। मोरङको जहदा–४, रामचोकमा चलिरहेको महोत्सव बुधबार राति आयोजकहरूबीच भएको कुटाकुटपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज ९बिहीबार० देखि मेला रोक्ने निर्णय गरेको हो। बुधबार मध्यराति �. . .
तपाईं धेरै दिनपछि आज मासु पसल जानुभयो । लामो दाह्री पालेको, शरीर मासुले भरिएको, आँखा राताराता गरेको कसाईले मासु मिलाएर ग्राहकलाई दिँदै गरेको देख्नुभयो । दयामाया नै नभएको मासुको थुप्रो मात्रै केही मानिसले देखेको तस्वीर ऊ हुनसक्छ । ऊ लाग्ने हतियारले फरकफरक अङ्गलाई छुट्याउँदै मासुको अलग अलग थुप्रो पार. . .
विराटनगर असोज २७ , भारतको इन्डिया स्टार वर्ल्ड रेकर्ड्सले हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट कार्य गरेका पेशेवरहरूलाई सम्मान गर्न इन्डिया स्टार एक्जिक्युटिभ शेफ अवार्ड २०२५ आयोजना गरेको छ। उक्त प्रतिष्ठित सम्मानका लागि विराटनगर नेपालका एस्पायर कलेजका एक्जिक्युटिभ शेफ अखिलेश प्रताप सिंह चयन भएका छन. . .
विराटनगर भाद्र २५ , जिल्ला प्रशासन कार्यालय मोरङले आज भाद्र २५ गते दिनभर जिल्लाभर निषेधाज्ञा लागू हुने र साँझ ५:०० बजेदेखि भोलि असोज २६ गते बिहान ६:०० बजेसम्म कर्फ्यू आदेश निरन्तर रहने जनाएको छ। प्रशासनले सुरक्षाको अवस्था नियन्त्रणमा राख्न र सम्भावित अप्रिय घटना रोकथाम गर्न निषेधाज्ञा तथा कर्फ्यू �. . .
विराटनगर भाद्र २४, विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सिमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीहरूले तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले मंगलबार बिहान प्रहरीको दमनको विरोधमा यो कदम उठाएका हुन्। सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक �. . .
नेपालमा जेन-जेड समूहले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र प्रदर्शनकारीको मृत्युबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको हत्या र घाइते भएको घटनाबाट आफू स्तब्ध भएको जनाएको छ। विज्. . .
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर (१७ माइल) टाढा रहेको बीबीसीले जनाएको छ । पाकिस्तानसँग सीमा जोडिएको पूर्वी अफगानिस्तानका नान्गरहार र कुनार प्रान्तहरूमा हताहतको रिपोर्ट आ�. . .
विराटनगर भाद्र ११, आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्�. . .