Bivek_OB

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : आज ११ जनामा कोरोना देखियो, संख्या ४२ पुग्यो

विराटनगर बैशाख ९, उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेक�. . .


अपडेट : आज एकैदिन उदयपुरमा १० जनामा कोरोना पुष्टि, अब ४१ पुग्यो संख्या

विराटनगर बैशाख ९, आज मात्रै एकैदिन उदयपुरमा १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकार�. . .


कोरोना सङक्रमित धनगढीका अमृत उपचारबाट निको भए, निको हुनेको संख्या ५

प्रकाशविक्रम शाह धनगढी, वैशाख ९ गते । कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किनुभएको छ । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि मंगलबार घर फर्किनु भएको हो । उहाँले आफूले उपचारमा सहयोग गर्ने चिकित्सक र नर्. . .


अपडेट : उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त�. . .


सुनसरीमा अत्यावश्यक पसल खोल्न दिइने,विहान ७ बजे देखि १० बजेसम्म पसल खुल्ने

अमर काफ्ले, इनरुवा, ०९ बैशाख । सुनसरीमा बुधबारबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो । सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भीडलाई व्यवस�. . .


कोरोना भाइरसका कारण विश्‍वव्यापी भोकमरी दोब्बर हुनसक्‍ने – संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्र संघले नोभेल कोरोना भाइरसका कारण विश्‍वव्यापी भोकमरी दोब्बर हुनसक्‍ने बताएको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण उत्‍पन्‍न आर्थिक गिरावटका कारण खाद्य असुरक्षा बढ्ने र भोकमरी करिब दोब्बर हुने बताएको हो । विश्‍व. . .


सुनसरीको तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिए , सबैलाई क्वारेन्टाईनमा राखियो

जयकृष्ण यादव इनरुवा, बैशाख ९ गते । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । लक डाउन भएसँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लक डाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छ. . .


उदयपुरमा थप एक जनामा कोरानो संक्रमण पुष्टि, नेपालमा संख्या ३२ पुग्यो

काठमाडौं, बैशाख ९ गते । उदयपुरमा थप एक जनामा कोरानो संक्रमण पुष्टि भएको छ । टेकु स्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा भएको उदयपुरबाट ल्याइएको नमुना स्वाब परीक्षणका क्रममा ३३ वर्षीया युवकमा सो संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले बताउनुभयो । य. . .


कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ

शिवशंङ्कर मिश्र बारा, वैशाख ९ गते । राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई करिब साढे तीन वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी. . .


उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पाइयाे, पुन: परीक्षण गर्न पठाइयो धरान

सराेज ढुङ्गेल काठमाडौं, बैशाख ९ गते । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ । आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप �. . .


प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण

प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडिटी) र थ्रोट स्वाब (पिसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पिसीआर) बाट ६५९ जना रहेका छन् । विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइर�. . .


लघुकर्जा लिनेको कहर : ब्याज मिनाहा र साँवामा छुटको माग

माला कर्ण सप्तरी, वैशाख ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण समूहमा लघुकर्जा लिने ऋणीले आफूहरू समस्यामा परेको भन्दै सहुलियतको माग गरेका छन् । उनीहरूले अर्थमन्त्रीलाई पत्र लेख्दै साँवा र ब्याजमा सहुलियत मागेका छन् । उद्योग, साना व्यवसाय क्षेत्रमा गम्भीर असर परेको र ऋणीहरूको दैनिक अवस्था अ. . .