साहित्य संसार

सत्यको विगुल

कविता

क्रिसमस ट्री

मलाई रक्सि नपिलाउन

-बसन्त घिमिरे साथी तिमीलाई थाह छ नि म पिउँदिन बरु ठिकै छ मलाई पाखे नै भन मलाई यहि जीवन ठिक छ साथी म आधुनिक भै जिउदिन बरु अझै बेईज्जत गर तिम्रो महफिलमा सक्दो बदनामी चलाउ मैले नपिउदा माहोल बन्दैन भने भो अब देखि त्यो जमघटमा मलाई नबोलाउ तर विन्ति छ साथी कर गरि गरि मलाई रक्सि नपिलाउ । तिमी पो निर्भय र स�. . .


कविता

-राजेश कुमार यादव आधा आधी जिन्दगी नै जिउने भाछु अचेल खै कस्को याद आयो मलाई पिउने भाछु अचेल न खुसीमा सामेल हुन्छु न दु:खमा नै भन्न सक्छु कसैलाई वास्तै नदिई हिड्ने भाछु अचेल खै कस्को याद आयो मलाई पिउने भाछु अचेल. . .


चिन्ता

-सुजाता राई चोलि फरिया दौरा सुरुवाल टोपी र मजेत्रो पहिचान थिए हाम्रा समय बदलिँदो रहेछ काल फेरिदो रहेछ बिर्सन लागे मान्छेले आफ्नो संस्कृति र सभ्यता नचाहिने रहेछ आफ्नो पहिचान बिडम्बना! आयातितले कतिन्जेल धान्ने हो जिवन। बिर्सेर आफ्नो परम्परा र चलन तैपनि , यो त आधुनिक रे सजिलो रे चलेको रे शहरीकरण �. . .


मायाको टुसा

-राजन प्रसाद न्यौपाने समयले जति जति भञ्ज्याङ् कटाउँछ मन उति उति नजिक हुँदोरहेछ समय बित्दै गएपनि यादहरू पुराना हुँदा रहेनछन् तिमीलाई थाहा छ प्रिय ! आज त्यहि दिन हो नि, हामीले मनसँग मन जोडेको मुटुमा माया रोपेको कहिल्यै नछुट्टिने कसम खाएको गणेश भगवानलाई साक्षी राखेर । बिर्सेकी त छैनौ है? काँसको पाला. . .


गजल

- सृष्टि सावित्रा पढाई डिग्री सकियो जिन्दगी बेरोजगार छ हरेक दिन अभावहरुको बाक्लो सवार छ म के लिएर जाऊ तिम्रो शहरको कोसेली यहाँ मान्छेले बोलेको बोलीमा समेत धार छ महलहरु बनेका हुन ठुला बडाका लागि गरिबका लागि कि सडक पेटी कि किनार छ मान्छे,मान्छेको सुचिमा पर्दैन धन नभएपछि छनत मेरो आँखामा पनि सिङ्गो �. . .


लघुकथा : १९ गते

-ऋषि तिवारी 'एउटा थोत्रो रेडियो थियो उसबेला मेरो ।' विहानै विहान शिवगानको स्तुति सुन्थें । 'ॐ हरहर हरहर, महादेव ।' त्यसदिन रेडियोले सधैं दिने जस्तो शिव स्तुति दिएन । शोक धुन दिइरहेको थियो । 'खै आज के भो, रेडियोले किन शोक धुन दियो?' मनमा चस्का पस्यो, पक्कै देशको प्रतिष्ठानवाला राजनेता गयो । संचारको छिटो छर. . .


बुढाे मान्छे !

-श्रीबहादुर केसी शैलुङ्गे अभावकाे पाेकाे बाेकेर सहायतामा लाैराे टेक्दै फर्किएपछि ढुंगे युगबाट पाेखेर सपना सागरमा साँघुरो सडक जस्ताे छाती बनाउनकाे खातिर नमाझिएका दाँतहरु चाहुँरिएका अनुहार दुखित मुस्कान छर्दै भन्छ जदाैं हजुर जदाैं ! अल्झिएर बल्झिएर झाँगिएका असरल्ल दार्हृि ढुंगा जस्ताे मन बाे. . .


गजल

-अरूण खड्का मरेर आखिर माटो बन्नेछ यो तन, छाडेर सारा मानप्रतिष्ठा अनि धन। बाँचुन्जेल हो हानथाप तेरो मेरोमा, गुमनाम हुनेछ एक दिन तन बदन। रित्तो आएर परलोक जानुछ रित्तै, ब्यर्थैमा किन पो जलाउनु यो मन। सकेसम्म गरभाइ सुकर्म र भलाइ, गर्दै नगर्नु कुकर्मले धुर्त्याँई त झन। श्वास चलुन्जेल हो गरिने चुरीफुरी. . .


आँशु

- शरद प्रधानाङ्ग कथा अनि व्यथा हो आँसुको कहिलेकाँही खुसीको साथी बेसरी कहिले आउँछ दुखमा समिप बहिदिन्छ खोली झैं सुस्तरी सुस्तरी मुल्याङ्कन आँसुको धेरै नै गहिरो बुझ्न धेरै साह्रो जति बुझ्यो थोरै नै हुन्छ गहिराईमा डुब्यो झन् झन् गाह्रो कहिले साटिन्छ खुसीमा जिन्दगीका कठिनाईका पलहरू बनेर आउँछ कह�. . .


मुक्तक

-सविना श्रेष्ठ मुक्तक:१ उफ वचनको तिर लाग्छ नबोलन प्रिय् तिम्रो मन जन्जिर लाग्छ नबोलन प्रिय। फूलले घोच्छ जिन्दगीमा कसरी बताउँ काल्लोपनी भिर लाग्छ नबोलन प्रिय।। मुक्तक:२ देब्रे पाटो भारिहुन्छ,जाग्छ माया उस्कै देख्दैन कोही नजरले, माग्छ माया उस्कै! एकोहोरो भयो मन पोल्न थाल्छ छाती बिर्सिदिऊँ भन. . .


ओइलाएको गुलाफ

-देवराज तामाङ समयको बगैंचामा एउटा सुन्दर गुलाफ ओइलाएको छ सायद हरायो सबै सुगन्ध जुन हावामा नाच्ने गर्थ्यो सुगन्धकै लागि भनी आफ्नो अस्तित्व साच्ने गर्थ्यो हो - ओइलाएको गुलाफसँग केही दु:ख छ - किन सुन्दर हुँदै तिमीसम्म आएन किन कुरुप नहुँदै नियतिसँग थिएन? यसका पत्रहरु झर्नु अगाडी सप्तकोशी नदी जस्तै �. . .


भोको साथी

-बसन्त घिमिरे ओहो साथी आजकाल् तिमी कत्ति हो भोकाको जे जे भेटो त्यहीँ खाँदा नि कस्तो नअघाको जमिन पनि खान्छौ तिमी खोला पनि खान्छौँ रुख , जंगल, पहाडलाई नि आफ्नै भोजन ठान्छौँ श्रमिकका पसिना नि सुलुक सुलुक चुस्छौँ कृषकका मल र वीउ नि पेटैभित्र ठुस्छौँ सुनका डल्ला सिङ्गै निल्छौँ अलकत्रा नि दार्छौ ट्रिपरका. . .