विशेष

प्रदेश १ सरकारको बजेट अधिवेशन जेठ १६ गतेदेखि

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान. . .


झापाको धरमपुरमा दुर्घटना : दुई जनाको मृत्यु

दमक । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दि�. . .


मोरङमा एमाले सबैभन्दा ठूलो पार्टी, अध्यक्ष पोखरेलद्वारा मतदाताप्रति आभार

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला पार्टी कमिटिले स्थानीय तह निर्वाचन २०७९ बारे आफ्नो धारणा सार्वजानिक गर्दै पार्टीले पाएको सफलताप्रति आम मतदातालाई आभार व्यक्त गरेको छ । गठबन्धन गरेका पाँचदल विरुद्ध एक्लै निर्वाचनमा उभिएको एमालेले उत्साहजनक सफलता पाएको भन्दै जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सबैप्�. . .


विराटनगरमा ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध आन्दोलन (फोटो फिचर )

विराटनगर । ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध विराटनगरमा मंगलबार सत्ता र प्रतिपक्षी दलसँग आवद्धहरुले प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवर्तमान मेयर भीम पराजुलीसहित काँग्रसका कार्यकर्ता र एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै विरोध प्रदर्शन �. . .


ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख दिने मेयरको घोषणा

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख रुपैँया दिने घोषणा गरेका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भवनका लागि एकलाख रुपैँया दिने घोषणा गरेका हुन्। मेयर को�. . .


उद्योग संगठनमा महानगरका नवनिर्वाचित मेयर, उपमेयरको स्वागत

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको सम्मानमा आज २०७९ जेष्ठ १० गते स्वागत तथा वधाई कार्यक्रम आयोजना गरेको छ । नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विका�. . .


आमाको हत्या आरोपमा छोरा पक्राउ

धरान। धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार दिउँसो साढे १ बजे धारीलो ह�. . .


सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति तथा कार्यक्रम : एउटै कार्यक्रम, भएन कार्यान्वयन

काठमाडौं । सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ पनि दिएक�. . .


विराटनगर-६ बाट राजश्व छलेर ल्याएको मेशिनरी सामानसहित सेख अलतफ पक्राउ

विराटनगर । भारतबाट चोरी पैठारी तथा राजश्व छलेर नेपाल भित्राएको पानी तान्ने मोटर्स पार्टस तथा मेशिनरी सामानसहित संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर-६ मा अमन इलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर संचालक सेख अलतफसहित चोरी पैठारीका सामान बरामद गरेको हो । सेखले. . .


इन्धनको मूल्य वृद्धि गरिएको विरोध गर्दै विराटनगरकाे सडकमा सिलिण्डरसहित प्रदर्शन

विराटनगर । खाना पकाउने ग्यास र इन्धनको मूल्य वृद्धि गरिएको विरोध गर्दै विराटनगरकाे सडकमा सिलिण्डरसहित प्रदर्शन गरिएको छ । मुख्यमन्त्री कार्यालय अगाडि सडकमा ग्यासका सिलिण्डर राखेर विरोध गरिएको हो । विभिन्न सामाजिक अगुवाहरुले मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोल�. . .


लण्डनमा मन्त्री कार्कीको सम्बोधनः ‘बुद्ध जन्मस्थानबारेका भ्रम अन्त्य भए’

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित. . .


हवाई भाडा फेरि बढ्यो, काठमाण्डौँ –विराटनगर ९ हजार तीन सय २ रुपैयाँ

विराटनगर ।   सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले हवाई भाडा  बढेको छ । आइतबार आयल निगमले हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा ४ सय ४५ रुपैयाँले  बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँले  बढेको छ । बढेको �. . .