साहित्य संसार

आँसुको झरीले गाउँ रुझेपछि… – दीपक शम्चु

गजल – कृष्ण वस्ती

पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो। मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।।   एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा। अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।।   सुकायौ रे दुवै आँखा रुँदा-रूँदै अन्तिम थोपो। त्यहाँ तिम्रो आँसु खस्दा यहाँ मनमा टप्को लाग्यो।।   पिरतीको पिरोलोमा नस�. . .


“नारी” – कबिता काफ्ले

  म तिम्ले रोजेको गुलाब होईन, न तिम्ले खोजेको शहर हूँ ।। आगो लिएर नजलाऊ मलाई , म तिम्ले पिउने चुरोट होईन।। म तिम्लाई सिगार्ने गहना होईन, न तिम्रो चरणको दास नै हूँ ।। गोली लिएर निशाना नलाऊ, म रानी वनको शिकार होईन।। म तिम्रो रबाफको विषय होईन, न तिम्रो पीडाको कारणै हूँ।। धार लिएर नरेट मलाई , म तिम्रा गीतक. . .


“परपर गर, अब भर नपर”- राजु प्र.भट्टराई

अब भर नपर मन डर घर, थरथर नगर । परपर गर, अब भर नपर ।। डगमग मन, भन पर सर । वरपर छल, अब भर नपर ।। बन अब नर, गर पर नजर । छलफल गर, अब भर नपर ।। मन धन, छटपट नगर । यत्रतत्र छल, अब भर नपर ।। तहसनहस घर, डर सहर । झलमल गर, अब भर नपर ।। दल छन् ठग, अब गडबड । परपर गर, अब भर नपर ।। सहर नगर, फल ऋण जलन । गजब रहर, अब भर नपर ।। ढलपल . . .


गजल – शर्मिला अधिकारी

गजल दाल भात ढिडो गुन्द्रुक , खाना मेरो पहिचान हो ।। झुप्रो घर छेउमा पाली , छाना मेरो पहिचान हो ।। डोको नाम्लो ढाकार टेकान,ढिकि जातो कुचो देखी । मुरी पाथी धार्नी चौथाइ , माना मेरो पहिचान हो ।। तोरी फापर घैया गहु , आलु देखी भटमाससम्म । कोदो मकै कुभिन्डोको , चाना मेरो पहिचान हो ।। सुन्दा खेरी जङ्गलिको,सङ्ग्. . .


“भुइँ कम्पन” – अर्जुन ढुंगाना

  थाम्नै नपाई गर्यामगुर्लुम पछारियाे भुइँकाे छाती कुल्चि उभिएकाे धरहराकाे अभिमान र पुरिए दर्जनाै अाकाश छेड्ने कक्रिंट सपनाहरू । सपनाहरू सदियाै देखि भुइँ टेकेरै उभिएका हुन भुइँबाटै तन्किएर अाकाश छाेई बाँचेका हुन । अाकाश छुदैमा जाे काेही अाकाश बन्दाे रहेनछ । अाकाश बनेसी जाे काेही भुइँमा रहदाे. . .


धरहरालाई श्रद्धाञ्जली

  काठमान्डौको नौ तले धरहरा कमजोर जिर्ण थियो बिचारा आफैलाई नसक्दा उभ्याउन टुक्रा टुक्रा भयो हजार सभ्यताको धरोहर लड्यो पुर्यो कति जीवन बजार अर्थायो प्राकृतिक शक्ति कति नशालु कति जहर चढ्ने थियो रहर तर भत्की गयो अवशेष रह्यो शहर संवेदना हरायो जस्तै गुमाए झै सहारा ईतिहास टुहुरियो ध्वस्त हुदा धरहरा ह्�. . .


“अब मलाई दरो बन्न कसले सिकाउने ?”(कबिता)- परिवर्तन ढकाल

आमा तिमीले जन्म दियौ, जीवनमा खुट्टा नकमाउन तिमी नै हो सिकाउने आज तिमी आफै कामी रहेछौ, अब मलाई दरो बन्न कसले सिकाउने ? आमा तिम्रै आडमा जीवन उज्यालो बनाउने आस राखेको छु तिमीनै यति बिध्न निर्दयी भएपछी अब जीबन चम्किलो बनाउन कसले सिकाउने? होला तिमीलाई आफ्नो कुपुत्र सन्तान देखी रिस उठेको आफ्ना सबै सन्तान न�. . .


दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न (गजल) – सर्मिला अधिकारी

  दिनानु दिन चेलीहरू लुटेको हिसाव हुन्न हत्या वलात्कार हुँदा पीडितमा निसाफ हुन्न यो देशको कानुन दैवले मात्र जानुन् अपराधीलाई आज कुनै यहाँ दवाव हुन्न पत्ता लाउन गाह्रो छैन सफलता ज्वलन्त छ प्रहरी जनशक्तिहरू कुनै अभाव हुन्न साना तिनालाई ऐन ठूला वडालाई चैन प्रत्येक ती पीडितका राज्यसँग जवाफ हुन्�. . .


“ति दिनहरु फर्की अवस्य आउलान् !!” (कबिता) – पुष्पा पालनचोके

आजकाल असनका गल्लीहरु हल्ला गर्छन्  रे! टोल  टोलमा को -को मरे सल्लाह गर्छन्  रे! यिनलाई ताप र राप दिने मानिसलाई- सम्झी-सम्झी रुन्छन्  रे !! आफ्नो भग्नावशेष आफै कोत्याउछान् रे ! आजकाल असनका गल्लीहरु हल्ला गर्छन्  रे     अगरबत्तिका बास्ना खोज्दै हिड्छन् रे ! मन्दिरमा बज्ने घंतिको आवाज- कुर्दै बस्छन. . .


“जिर्ण भाको पुलजस्तै भयो लोकतन्त्र” – सौहार्द कोइराला

जिर्ण भाको पुलजस्तै भयो लोकतन्त्र सुक्नै लाग्या मुलजस्तै भयो लोकतन्त्र । राती सुत्दा मैले टाङ्ने प्वाल नै  प्वाल भाको थोतृएको झुलजस्तै भयो लोकतन्त्र । फुल्ने बेला नभइकन  पुरै ओइलाएर झार्नै लाग्या फुलजस्तै भयो लोकतन्त्र । भविष्यलाई बिर्सिएर डुली हिडिरहने अल्लारेको हुलजस्तै भयो लोकतन्त्र ।. . .


केही खाको छैन – प्रेम ओलि

 पेट कटक्क काट्यो दिसा पनि फाट्यो छाती भटक्क गर्‍यो छोरो ठहरै पर्‍यो सरकारी मान्छे अहिलेसम्म कोही आको छैन म पनि बिमार छु औषधी पनि पाको छैन एक हप्ता भयो बाबु केही खाको छैन । गाउ नै बिमारी छ अज्ञात रोगको माहामारी छ कती मरे थाह छैन झाक्री लिन गाकी बुढी अहिलेसम्म आको छैन रेडियो त फुक्या फुकै�. . .


यो देश कहिले खुला छ ?

|| अमृत सुवेदी ‘गुराँस’ || बनाउँदा बनाउँदै मालिकको घर बर्षौंसम्म किन हुनु परेको छ आफैं बेघर ? रङ लगाउँदा लगाउँदै घरका भित्ताहरू आफ्नै जिन्दगी किन छ रङ्गहीन गिट्टी कुट्दाकुट्दै किन ठोकिन्छ ? हाम्रै शिरमा हम्मर बालुवा चाल्दाचाल्दै किन चालिएनन् दुःखहरू ? हाम्रै पसिनाले बनेको घर मालिक किन बान्ता गर्छ प. . .