साहित्य संसार

गजल – सुमित्रा भट्टराई

नयाँ वर्ष(कविता) – सुरज सुवेदी

  नयाँ वर्षले पोहोर जितेको रनिङ सिल्ड फिर्ता ल्याईदिएको छ अगिल्लो फाईनल जित्ने र हार्ने पुन: मैदानमा छन् । नयाँ वर्ष, एक रूटको गाडि जस्तो वर्षदिनमा आईपुगेको छ नयाँ स्टेशन, ओर्लिएर अर्को गाडि चढ्नुछ । नयाँ वर्षमा केहि कुरा नयाँ हुदैनन् केवल संकल्प वदलिन्छ उमेर, जिम्मेवारी र सपना त नौला हुँदैनन्, . . .


रुबार्इ – सिजन दाहाल

आफ्नै छाँया आज भोलि अर्को लाग्दैछ गोधुलीको घाम पनि चर्को लाग्दैछ एक्लोपनमा सम्झनाहरु हल्ली खल्ली मचाउछन मौनता नि त्यसै त्यसै झर्को लाग्दैछ ************ सिंगो जीवन तिमीलाई नै दाइजो दिएको हु न फाट्नु थियो फाट्यो मन सके जति सिएको हु होस् हावास तन मन सबै हरेर लग्यौ पिउनु हुन्न थाहा छ बिर्सनलाई पिएको हु. . .


गजल -सिजन दाहाल

एक दिन मरुभुमी मै फूल फुलाउन सक्छौ समुद्र पनि आगोले जलाउन सक्छौ तिम्रो आँखालाई पढेपछि यस्तो लाग्दैछ कहिलै नथाक्ने झरनालाई गलाउन सक्छौ पाइलै पिच्छे असम्भव छ भन्नेहरुलाई देखाउन आकाशबाटै जून र तारा खसाउन सक्छौ कसले भन्छ गजल लेखेर केहि हुँदैन भनेर गजल सुनाएरै सुनामी फर्काउन सक्छौ. . .


“कास त्यो फलामे डन्डी , एउटा मानिस हुन्थ्यो” – अनुषा न्यौपाने

एक सुरमा मोबाइल चलाउदै हिड्दै थिए म ठोक्किन पुगे एउटा डन्डीमा ऐया ! टूटुल्को पलायो ! कास त्यो फलामे डन्डी एउटा मानिस हुन्थ्यो कास त्यो फलामे डन्डी एउटा मानिस हुन्थ्यो ठोक्किएसी टुटुल्कोको ठाउमा माया पलाउथ्यो कास त्यो फलामे डन्डी एउटा मानिस हुन्थयो । टाउको ठोक्किएको सुरमा रिसाएर हेर्नेथिएं म ऊ �. . .


“मेरो मनको गोरेटोमा पैला सधै तिम्रो रहोस्” – सुमित्रा भट्टराई

मेरो मनको गोरेटोमा पैला सधै तिम्रो रहोस् ... तिमी आउने प्रतिक्षा आँखा मेरो तड्पिरहोस् ... मेरो सपना तिम्रो नयनमा यस्तै गरी रहिरहोस् ... मेरै मायाले तिम्रो जीवन सुन्दर फुलझै फुलिरहोस् ...   पिडाहरुलाई बिर्सैदिने हामी बिचको बात होवस ... एर्कालाई भुझिदिने कोमल प्यारो हाम्रो मुटु होस् ... बसन्तको हरियालीम. . .


गजल – शर्मिला अधिकारी

व्यक्तिका प्रत्येक बोलीमा झुट निस्कीरहेछ सायद यहीवाट आधुनिक युग निस्कीरहेछ प्रकृतिको नियम बदलिएर हेर्नुस् त मित्र मध्यान्नमै पूर्णीमाको जून निस्कीरहेछ अरुको शृङ्गार गरेर के भयो तिमिलाई ? तिम्रो आफ्नै मुहारमा घाव निस्कीरहेछ आशुका थोपा मात्र सङ्गालेको गमलामा हेर्नुस् त कसरी गुलावको फूल निस्क�. . .


जब मान्छेले कर्म विर्सिन्छ – सशांक पौडेल

जब मान्छेले कर्म विर्सिन्छ मान्छे हुनुको मर्म विर्सिन्छ । हाड छालामा बेरिएका रोवटहरु आउने छन् हतियार सुसज्जित झुण्डमा तव विनासका प्रलयहरु म देख्न थाल्छु , आखै अगाडी घुम्छ फिल्मी रिल झै म देख्छु हतियारको धारहरु म देख्छु बम बारुदको बर्षा कतै निष्पट्ट अध्यारो र कतै आगाको लप्काहरु हाड छालामा बेरीएका रोव�. . .


कता हरायो हाम्रो भविष्य -बिजय मण्डल

  कति व्यस्त छ यो भुगोल मान्छेको बढ्दो जनसंख्याको भिडसंगै सुस्ताउने एकछिनको फुर्सद छेन भरिभराउ झै लाग्न थालेको छ जताततै कोलाहल मात्र । देख्दछु अवशेषको रुपमा चुरोटका ठुटाहरु जताततै निर्जीव ति पातह्ररु बीच सुक्दै गएको जंगलहरु विस्तारै विस्तारै खुम्चीदै गएका धर्ती पनि अझै माथि नियालेर ह�. . .


उपहार जन्मदिनको ! – सिजन दाहाल

निस्लोट निन्द्रामा अचानक बजेको रिमाईन्डरतिरमिराउँदै छ मेरा आँखाहरु मोबाईलको डिस्प्ले भनिरहेछ,"बर्थ डे विस"अहो! अगष्ट टु पो ततिम्रो जन्मदिनमनमनै कामना गर्छु"विस दिस वर्थे व्रिङ यु लट अफ सक्सेस एण्ड ह्याप्पिनेस ।"फेरि एकपटक टाईप गरेर पनि तिम्लाई म्यासेज गरिन ।ओठको धावनमार्ग वाट टेक अफ लिएको धुँवाको नय. . .


कबिता – मेरो देश -सुमित्रा भट्टराई

कबिता - मेरो देशबिज्ञानको प्रयोग्शालामा राखिएको मानब अस्तिपञ्जर मेरो देशको अवस्था उस्तै देख्छु ।कुनै शक्तिशाली हात तर कातर मुटुले कंकाल करंगबाट झिकिदियो मेरो देशको इतिहास र बनाई दियो संबेदनाहीन मानबमानवता बिहीन सहर ।भाचिन लागेको पीड़ित करंगले रेट्यो पिडाको संगीत निक्लियो अभाबका धुनहरू ...लूलो बिचा. . .


नयाँ अनुहार (कलेज स्टोरि) – सुरज सुबेदी

वसेको एक घण्टापछि; "फोन यता ले म तेस्लाई फोन गर्छु" राकेशको मातेको स्वर । " रूक न दश वजेपछि गर कम पर्छ" , सम्झाउने उस्तै आवाज । "लाउड स्पिकस पार्ने भा म दिन्छु," टेवलकोकुनामा टाउको समाउदै वसेको अर्को सदस्यको ससर्त प्रश्ताव । राकेश के गर्ने भनेर अल्मलियो । निर्णय लिन सकेन । थप एक प्याक स्वाट्ट पार्दै उसल�. . .


आमा, म र धर्ति!!! – रन्जु दर्शना

प्यारी आमा! तिमीले भने झैँ, धर्ति जस्तो सहनशील भइ दिए म, तर, यहाँ त धर्तिलाई नै बोझ मान्दा रहेछन पोल्ने र काट्ने त याँहाको प्रथा नै रहेछ हरेक रात तपाइको ज्वाइंको रजाईमा पेलिन्छु म, अनि हरेक नौ महिनामा अर्को एक बच्चो फेरी येही कोखबाट जन्मन्छ, फेरी येही घर मा दब्बिनछl आमा! मलाई त अब डर छ कि मेरा इनै. . .