सम्पूर्ण समाचार

विराट गोल्डकप : विराटनगरको बिजयी सुरूवात

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .


प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे . . .


घुस लिदाँलिदैं प्रहरीका सिपाही विराटनगरबाट अख्तियारको फन्दामा

विराटनगर । सेवाग्राहीसँग ४० हजार घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलिले प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको सीतागञ्ज प्रहरी चौकीमा कार्यरत कासिन्दर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो । बिहीबार साँझ विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज अगाडीको �. . .


नोबेलमा ‘भ्याकुम’ ले तान्दातान्दै नवजात शिशुको टाउकोमा प्वाल, छातीमा चोट

विराटनगर । आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृत निकाएको नवजात शिशुको टाउको र छातीमा गम्भीर चोट देखिएपछि पीडित परिवार तथा आफन्तले नोबेल विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चेतावनीसहित आन्दोलनमा उत्रने घोषणा बि�. . .


करणी तथा करणी उद्योगका फरार तीनजना पक्राउ

विराटनगर । जर्बरजस्ती करणी मुद्दामा दुईवर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेका विराटनगर–१५ निवासी दिनेश साहलाई मोरङ प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०६८ मंसिर २६ गतेको फैसलाबाट दोषी ठहर भएका साहलाई दुई दिन अगाडी प्रहरीले रानीको दुई नम्बर ढाटबाट नियन्त्रणमा लिइएको हो �. . .


सेन्चुरी उद्योगबाट मसला चोरी गर्ने तीनजना पक्राउ

विराटनगर । उद्योगबाट मसला चोरीमा संलग्न भई तीनजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित सेन्चुरी मसला उद्योगबाट चोरी गरेको मसला बिक्रीका लागि लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले संलग्न आरोपमा बुढिगंगा–६ सखुवाटोकी बस्ने सुरज चौधरी, संखुवासभा. . .


आजबाट विराट गोल्ड कप सुरु, ४:३० बजेबाट उद्घाटन

आज विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । आज अपराह्न ४:३० बजेबाट सुरु हुने समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गोल्ड कपको उद्घाटन गर्नुहुनेछ । साथै समारोहमा विराटनगर महानगरका मेयर भीम पराजुलीलगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा चर्चित नेपाली गायक सुगम पोख�. . .


उद्योग संगठन मोरङका विशिष्ठ सल्लाहकारमा खनाल, ओझा र दाहाल

विराटनगर । आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यसहित उद्योग संगठन मोरङले अगाडी सारेको मेरो देश मेरै उत्पादन योजनालाई सफल बनाउन विशिष्ठ सल्लाहाकार समिति गठन गरिएको छ । नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम �. . .


चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा रहेको जय बैष्णु फर्निचर उद्योगका सामाग्री चोरी गरेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पाथीभरा पेट्रोलपम्प अगाडी जहदा गाउँपालिका–४ कुशवाहका रतनकुमार कोईरीले सञ्चालन गर्नु भएको फर्निचर उद्योगमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।. . .


विराट गोल्ड कप भोलीबाट, पहिलो खेल विराटनगर र सिक्किम बिच

भोली चैत्र २६ गते विहिबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । मंगलबार साँझ सहिद रंगशालामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी गराएको छ । प्रतियोगिताका संयोजक मनोज विक्रम साहले प्रतियोगिताका सबै तयारी सकिएको बताउदै प्रतियोगितामा १० ट. . .


लोकप्रिय सांगितिक समुह ‘पहेंलो बत्ति मुनी’ र ‘स्पेश’ विराटनगर आउँदै

नेपाली युवाहरु बिच लोकप्रिय रहेको दुई सांगितिक समुह पहेंलो बत्ति मुनि र स्पेशले विराटनगरमा प्रस्तुती दिने भएका छन् । यहि शुक्रबार चैत्र २७ गते विराटनगरमा पहिलो पटक उनीरुले प्रस्तुती दिने भएका हुन् । मेल्लो भाइब्स नाम दिइएको कार्यक्रम विराट रक्सको आयोजनामा हुन लागेको छ । उक्त सांगितिक कार्यक्रम बरग�. . .


विराट गोल्ड कपको ट्रफिसहित र्याली आयोजना

विराटनगरमा यहि चैत्र २६ गतेबाट हुन गईरहेको विराट गोल्डकपको पुर्व सन्ध्यामा आयोजक समितिले विराटनगरमा र्याली निकालेको छ । विराटनगरको शहिद रंगशालाबाट मंगलबार बेलुकी निस्किएको मोटर र्यालीले विराटनगरको विभिन्न भागको नगर परिक्रमा गरेको थियो । विराट गोल्डकपको ट्रफि सहित निकालिएको र्यालीमा आयोजक समि�. . .