सम्पूर्ण समाचार

बुढीगंगामा दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ । विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा बुढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि बुढीगंगाकै विराट मेडिकल कलेज एण्ड टिचिङ. . .


विराटनगर ४ को वडाध्यक्षमा २६ वर्षीय यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ को अध्यक्षमा २६ बर्षीय एक युवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वडा नं. ४ निवासी सुबासचन्द्र यादवले वडाध्यक्ष पदमा सोमबार स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एसएलसीसम्मको अध्ययन सकेका उनी प्यस टु मा मेडिकल साईन्स लिएर अध्ययनरत थिए । राजनितिक दलहरुब�. . .


यस्ता छन् एमालेबाट विराटनगरमा मेयर र उपमेयर भएका उमेदवारको प्रतिवद्धता

विराटनगर । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेकातर्फबाट विराटनगरमा मेयर र उपमेयरका उमेदवारले महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता जाहेर गरेका छन् । विराटनगरमा पत्रकारसँग आफ्ना एजेण्डा प्रस्तुत गर्दै मेयरका उमेदवार सागर थापाले आन्तरिक आयले थेग्नै नस�. . .


जहदा गाउँपालिकाको अध्यक्षमा जितेन्द्र साहको दोश्रो उम्मेदवारी

विराटनगर । आउँदो स्थानीय निर्वाचनका लागि मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र प्रसाद साह (जितु) ले उम्मेदवारी दिएका छन् । सोमबार जहदास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ४८ वर्षीय साह नेपाली कांग्रेसको क्षेत्र नं. ५ (ख) का सभापति हु�. . .


गठवन्धनमा महिलालाई सधैं वाइपास

धरान । धरान उपमहानगरपालिकाको आसन्न स्थानीयतहको निर्वाचनमा गठवन्धनको नाममा महिला नेतृत्वलाई उपेक्षा गरिएपछि महिलाहरु असन्तुष्ट वनेका छन् । नेपालको संविधानमा नै महिलालाई प्रमुख वा उपप्रमुख पदमा चुनावमा उम्मेद्धवार बनाउनु पर्ने व्यवस्था भए पनि धरानमा भने चुनावी गठवन्धनबाट महिलाहरुले स्थान नपाए �. . .


मोरङमा ८२९ विभिन्न पदका लागि ४ हजार ३६१ जनाको उम्मेदवारी

विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति मोरङमा ८ सय २९ विभिन्न पदका लागि ४ हजार ३६१ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको १७ वटा स्थानीय तहमा आवश्यक कुल ८२९ पदका लागि ४ हजार बढीकोे उम्मेदवारी परेको हो । मोरङमा १७ प्रमुख तथा अध्यक्ष, १७ उपप्रमुख तथा उपाध्यक्ष, १५९ वडाध्यक्ष �. . .


मुस्ताङका ६ वडामा एकल उम्मेदवारी

म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको ६ वटा वडामा एकल उम्मेदवारी परेको छ। लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए। वडा नं १ को अध्यक्षमा �. . .


मनोनयन दर्ताकै दिन धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता

धरान । मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ । धरान-१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं. वडाका व�. . .


धरानमा एमालेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराए

धरान । धरान उपमहानगरपालिकाकोे मेयरमा नेकपा एमालेबाट हालकी उप मेयर मञ्जु भण्डारी र उपमेयरमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बुले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । सोमबार दलबल सहित निर्वाचन कार्यालय धरान-१२ पुग्नु भएका मेयर उपमेयरका उम्मेद्वार सहित २० वटै वडाका उम्मेद्वार�. . .


१ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारी दर्ता

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४४ हजार ४ सय १६ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान १२:३० बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । . . .


रतुवामाईबाट अवैध लागूऔषध सहित १ जना पक्राउ

विराटनगर । रतुवामाई नगरपालिका-३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादे. . .


ताप्लेङजुको ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध

फुङ्लिङ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ। गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङल. . .