सम्पूर्ण समाचार

अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी

विराटनगर साउन २१ , नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत �. . .


अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बत�. . .


लेटाङमा आगलागी हुँदा २ घर जलेर नष्ट , आगो पूर्ण रुपमा नियन्त्रणमा

भूमिका पाख्रिन लेटाङ साउन २१ लेटाङ नगरपालिकाको वडा नं. ६ घुम्ती स्थित मेष बहादुर विकको भान्सा घरबाट सल्किएको आगोले छिमेकी चन्द्र माया मगर र भक्त राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार विहान करीब ४ बजे विकको घरको विद्यतु सर्ट भई आगलागी हुँदा करीब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्याल�. . .


विराटनगरको निरभाना पाउरोटी उद्योग खाद्य गुणस्तरको टोलीद्धारा बन्द, १५० किलो पाउरोटी जफत

विराटनगर, २१ साउन । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले पाउरोटी भित्र मरेको साङ्लो भेटिएको बिषयमा अनुसन्धान शुरु गर्दै पाउरोटी उद्योगलाई बन्द गरेको छ । साउन १४ गते विराटनगर ११ जनपथ टोलीकी कमला अग्रवालले घरमा खाजा खानको लागि लगेको पाउरोटीमा मरेको साङ्लो भेटिएको थियो । मरेको साङ्लो भे. . .


उर्लावारीको खोला किनारमा भेटिएका जंङ्गी बाबा को हुन् !!

उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी–७ स्थित पाथिभरा मन्दिरमा बस्दै आएका जङ्गी बाबा यतिबेला चर्चामा छन् । २ सय भन्दा बढी योग आशन गर्ने जङ्गी बाबा यतिबेला मिडियाको नजरमा परेका हुन् । अहिले दैनिक जसो आधा दर्जन मिडिया तथा यूट्यूब च्यानलहरुलाई अन्तरवार्ता दिँनैमा उनी ब्यस्त हुन्छन् । बि. सं. २०३३ सालको ज. . .


प्रदेश १ संसद्‍मा जुहारी : विपक्षीमाथि खनिए सत्तासिन सांसद, विपक्षीले गरे कडा प्रतिवाद

विराटनगर,२० साउन । कांग्रेसले प्रदेश १ संसदमा दर्ता गराएको विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि सोमबारको प्रदेशसभा बैठकमा छलफल भएको छ ।  असार २६ र त्यसपछिको लगातार वर्षापछि आएका बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि सरकारले चालेका कदम पर्याप्त नभएको भन्दै कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर�. . .


विराटनगर १८ मा नर्सरीको गाडीले १३ बर्षिय बालकलाई जानी – जानी ठक्कर दिएको भन्दै सडक अवरुद्ध

प्रेम देवान विराटनगर २० साउन । नर्सरीको विरुवा बोकेको पिकअप गाडीले एक बालकलाई ठक्कर दिएको भन्दै विराटनगर १८ मा सडक अवरुद्ध गरी विरोध प्रर्दशन गरेका छन् । विराटनगर १८ का हर्सियाल साहका १३ बर्षिय छोरा अभिषेक कुमार साहलाई लावाघाट स्थित आईपी जाने बाटोमा आईतबार बेलुकी पिकअप भ्यानले ठक्कर दिएर गम्भिर घ�. . .


‘विराटनगर लिटल आइकन’ को तेस्रो संस्करण विराटनगरमा सुरु , पहिलो अडिसनमा २४ जनाले दिए अडिसन

विराटनगर २० साउन । विराटनगरमा हुन गईरहेको तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ को पहिलो अडिसनमा २४ जनाले अडिसन दिएका छन् । विराटनगरमा रहेको भाइरल डान्स स्टूडियोले आयोजना गर्न लागेको तेस्रो संस्करणको पडिसनमा २४ जना बालबालिकाहरुले अडिसन दिएका थिए । स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विक�. . .


झापाबाट बेपत्ता भएका दिदी बहिनी भारतको पूर्णियामा फेला, आजै नेपाल फर्काईने

झापा २० साउन । गत साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी . . .


बसभित्र यात्रुको गोजीबाट १ लाख २० हजार रकम चोरेर भाग्दै गर्दा पक्राउ

जनकपुरधाम २० साउन । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपै�. . .


धरानको सेउती पुल छेउ भारतीय एम्बुलेन्स पल्टियो

विराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ । बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्�. . .


रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो, ट्रकको खोजीकार्य जारी

चितवन २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट �. . .