स्वास्थ्य

भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप

भरतपुर भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पुर्याउन लागि. . .


मोरङमा १४९ वटा छन् एम्बुलेन्स (आपत्कालिन प्रयोगका लागि सम्पर्क नम्बरसहित)

विराटनगर । मोरङमा आपतकालिन अवस्थामा प्रयोग गर्नसकिने १४९ वटा एम्बुलेन्स छन् । बढ्दो कोरोना संक्रमणका कारण जुनसुकै अवस्थामा पनि आवश्यक पर्नसक्ने एम्बुलेन्स सेवा प्रयोगका लागि जिल्लाभरका एम्बुलेन्सको विवरण र चालकको सम्पर्क नम्बर सार्वजानिक गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघले जुनसकै अवस्थाम. . .


दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

दमौली दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका �. . .


तनहुँमा क्विक रेस्पोन्स टिम गठन

तनहुँ तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार सदस्यीय टिम गठन गरेको हो । टिमको सदस्यमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक यु. . .


तनहुँका जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

तनहुँ तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो । हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको �. . .


भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी भक्तपुर भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल . . .


अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्न. . .


सञ्चारमन्त्री गुरुङद्वारा नेता चौलागाईंलाई राष्ट्रिय झण्डा ओढाई अन्तिम बिदाई

काठमाण्डौ नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श�. . .


प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित, विराटनगरमा ३०४ थपिए

विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र �. . .


देशभरमा एकैदिन २२५ जनाको मृत्यु, ९ हजार बढी संक्रमित ५ हजार संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्र. . .


प्रदेश १ का विभिन्न अस्पतालमा थप १४ जना संक्रमितको मृत्यु

विराटनगर । मोरङ, सुनसरी र झापाका अस्पतालमा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, कोशी कोभिड उपचार केन्द्रमा ४, नोबेल मेडिकल कलेजमा ३, विराटनगर अस्पतालमा १, विराट मेडिकल कलेजमा १ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा १ जनाको मृत्यु भएको हो । विराट . . .


चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ: तथ्याँक विभाग

बेइजिङ चीनको राष्ट्रिय तथ्याँक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताउनुभयो । हालैका वर्षका जनसांख�. . .