देशको खबर

प्रिमियरमा ‘गौँथली’ हेरेपछि सेलिब्रेटीले गरे प्रशंसा

काठमाडौँ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’ को प्रिमियर गरिएको छ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि निर्माण गर्नुभएको गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उहाँकै छोरा डा कपिल रिजालले ‘गौँथली’ निर्देशन गरेका हुन् । फिल्म हेर्न आएका सेलिब्रेटी तथा निम्तालुले फिल्मको विषय. . .


प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ । एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछान. . .


सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ : रिमा विश्वकर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यल�. . .


हिजो बालेन दोषी, आज सुनिता निर्दोष?

हिजो काठमाडौं महानगरपालिकाले कुनै पनि कडा निर्णय लिँदा दोष सिधै बालेन शाहमाथि जान्थ्यो। सडकबाट ठेला हटाइयो—दोष बालेनको। फुटपाथ खाली गराइयो—दोष बालेनको। महानगर प्रहरीले कारबाही गर्‍यो—दोष फेरि बालेनकै। सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटै तर्क सुनिन्थ्यो—मेयर भएकाले अन्तिम प्रशासनिक र न. . .


विपद् पूर्वतयारी र सुरक्षित यातायात व्यवस्थाका लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राह. . .


लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएक�. . .


विराटनगरमा यातायात कार्यालयको अनलाइन सेवा अवरुद्ध

विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, विराटनगरले अनलाइन प्रणालीमा समस्या देखिएको भन्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अधिकांश सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै अनलाइन प्रणालीम�. . .


कतारका पूर्वअमिरको निधनमा नेपालमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

विराटनगर । कतारका पूर्वअमिर हिज हाइनेस शेख हमद बिन खलिफा अल थानी को निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज (असार ३० गते) देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल–कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्�. . .


शंकास्पद गतिविधिमा संलग्न काठमाडौंबाट ६४ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ५२ जना तथा ललितपुर र भक्तपुरबाट ६र६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी निय. . .


इटहरीमा विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर । विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् । सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्�. . .


मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरमा अत्यावश्यक सामग्री वितरण

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी माननीय मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ । संरक्षणमा रहेका व्यक्तिहरूको दैन. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ ।समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्था बुझ्न अनुगमन गरेको हो। अनुगमन टोलीको नेतृत्. . .