देशको खबर

आजको सुन चाँदी बजार : सुनको भाउ बढ्दा घट्यो चाँदी

नेपाली बजारमा आज (सोमबार)सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार �. . .


मोरङमा आएका राउटे समुदायलाई निसेलुङ पार्कमा हेर्नेको भिड (फोटो फिचर)

प्रेम देवान विराटनगर । मोरङको उत्तरी पहाडी क्षेत्रस्थित मिक्लाजुङ गाउँपालिका–३ को निसेलुङ पार्कमा लोपोन्मुख घुमन्ते राउटे समुदाय आइपुगेपछि अहिले उक्त क्षेत्र आन्तरिक पर्यटक र स्थानीयवासीका लागि आकर्षणको केन्द्र बनेको छ । कर्णाली प्रदेशको सुर्खेतबाट आएका २५ जना राउटे समुदायका सदस्यहरू जेठ १ ग�. . .


वैज्ञानिकहरूको नयाँ खोज : ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

काठमाडौं । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्. . .


आजदेखि सुरु मलमास : शुभ कार्यमा रोक

विराटनगर जेठ ३, हिन्दु परम्पराअनुसार आजदेखि असार १ गतेसम्म मलमास (अधिकमास) सुरु भएको छ। विशेष धार्मिक महत्त्व बोकेको यो अवधि ‘शुभ कार्य निषेध’ समयका रूपमा लिइन्छ। मान्यता अनुसार यस समयमा व्रतबन्ध, विवाह, पुराण वाचन तथा नयाँ तीर्थयात्रा जस्ता शुभ कार्यहरू गर्न निषेध गरिएको हुन्छ। तर नियमित व्रत, दैनिक . . .


आज कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली �. . .


एक वर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । लेखापरीक्षण गर्दा देखिएका ९५  अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७  अर्ब १७ करो. . .


विराटनगरका बुद्धि प्रधानले रचे अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान

विराटनगर । नेपाली क्रिकेटका लागि गर्वको क्षण सिर्जना गर्दै विराटनगरका बुद्धि प्रधानले ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्ने पहिलो नेपालीको इतिहास रचेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अन्तर्गत विभिन्न देशबीच भएका खेलहरूमा लगातार जिम्मेवारी निभाउँदै आएका प्रधानले नेपाली �. . .


कोशी प्रदेशमै उत्कृष्ट बन्दै ‘बाल कल्याण विद्या मन्दिर’,जेठ ३ गते प्रवेश परीक्षा हुने

विराटनगर । विराटनगर–११ स्थित ‘बाल कल्याण विद्या मन्दिर’ पछिल्लो समय कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिका कारण यो शैक्षिक संस्था विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो। पर�. . .


खोपजन्य रोग निगरानी सुदृढ गर्न विश्व स्वास्थ्य संगठन को पहल, बिराट मेडिकल कलेजमा समीक्षा बैठक सम्पन्न

विराटनगर । खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन (WHO) नेपालको पहलमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा “उप-जिल्ला तहको खोपजन्य रोग निगरानी समीक्षा बैठक” सम्पन्न भएको छ । बुधबार अस्पतालको सभागृहमा आयोजित उक्त समीक्षा बैठकमा विभिन�. . .


शिक्षादीप कलेजमा भर्ना खुल्यो, प्रवेश परीक्षा जेठ २ र ५ गते

विराटनगर । शिक्षादीप कलेज ले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ (+२) मा भर्ना खुला गरेको छ । विगत पाँच वर्षदेखि कोशी प्रदेशकै पहिलो रोजाइमा पर्न सफल कलेजले विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययन गराउँदै आएको छ । कलेज प्रशासनका अनुसार विज्ञान संकायतर्फको प्रवेश परीक्. . .


भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो । यसअघि ‘प्. . .


एभरेष्ट विद्यालयमा विद्यार्थी नेतृत्व पदभार तथा शपथ ग्रहण समारोह सम्पन्न

विराटनगर । विराटनगरस्थित एभरेष्ट विद्यालय मा विद्यार्थी पदभार ग्रहण समारोह सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न तहमा चयन भएका विद्यार्थी नेतृत्वकर्ताहरूलाई शपथ ग्रहण गराइएको थियो । विद्यालयले बालबालिकामा नेतृत्व विकास गर्ने उद्देश्यले कक्षाकोठामा मतदान प्रणालीमार्फत . . .