नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज ब�. . .
म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले �. . .
भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् । कोरोना सङ्क्रमितले ह�. . .
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना सङ्क्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो । प्रमुख जिल्ला अधिका. . .
सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज रासससँग कुर. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्गलाई आगामी दुई वर्षभित्रमा कालोपत्रे गर्ने बताउनुभएको छ । जिल्लाका आठवटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमअन्तर्गत आज मैवाखोला गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले . . .
पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ�. . .
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ�. . .
१. नेपालसंग दौंत्य सम्बन्ध राख्ने १६३औँ देश कुन हो र कहिले दौंत्य सम्बन्ध विस्तार गरिएको थियो ? --- सुरिनाम, २०१८ अक्टोबर ११ [नेपालको हाल १६८ देशसंग दौंत्य सम्बन्ध विस्तार भएको छ, पछिल्लो देश: घाना, सेप्टेम्बर २५ २०१९] २. सार्कमा कति वटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन् ? --- ३ वटा (नेपाल, भुटान र अफगानीस्तान. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा भनिएको छ, “राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्�. . .
चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा �. . .
जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मु. . .