काठमाडौँ, कात्तिक १ गते । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धा. . .
काठमाडौं । टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ । ५०, १००, २००, ५०० र १००० रुपैयाँको रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिश�. . .
डोटी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको र डडेल्धुराबाट महेन्द्रनगर फर्किदै गरेको बस एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातक�. . .
नेकपा माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको माओवादीले स. . .
काठमाडौँ, असोज ३१ गते । सरकार र डा. गोविन्द केसी पक्षबीच सम्भवतः मङ्गलबार सम्झौता हुने भएको छ । सोमबारको वार्तामा डा. गोविन्द केसीले उठाउनुभएका मागलाई सम्बोधन गर्न मस्यौदासमेत तयार भइसकेको बुझिएको छ । “सोमबार रातिसम्म भएको वार्ताबाट केसीले उठाउनुभएको मागका सम्बन्धमा ड्राफ्ट तयार भएको छ”, सरकारी वा�. . .
दैलेख (रासस) । भगवतीमाई गाउँपालिका–७ का एक दम्पतीको आइतबार राति हत्या गरिएको छ । ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । बाबुआमाको झगडामा अनाहकमै जयबहादुरका १६ वर्षीय छोरा दीपकलाई समेत धारिलो हतियारले काटिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिक�. . .
काठमाडौँ (रासस) । फेसबुकमार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बेलायतीको फेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर समेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्या�. . .
काठमाडौं, रासस । वार्षिक तीन खर्ब कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन । कर्मचारी नहुँदा करदाता सेवा कार्यालयमा कर तिर्न जाँदा सेवाग्राहीले दुःख पाउने गरेका छन् । विभागले करदातामैत्री सेवा दिएको दाबी गरे पनि सेव. . .
काठमाडौं । नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार १० वर्षपछि पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिएको हो ।हिजो आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरी गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तया�. . .
जितपुर, कपिलवस्तु (रासस) । चाउचाउ बनाउने मेसिनमा पेलिएर आइतबार साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक�. . .
रोल्पा, रासस । रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतक�. . .
बेनी, म्याग्दी (रासस) । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक. . .