देशको खबर

मोरङको रङ्गेली घटनापछि बन्द भएका जनकपुर बजार आजदेखि पुनःसञ्चालनमा

बिराटनगर माघ १२ मोरङको रङ्गेली घटनापछि बन्द भएका जनकपुर बजार, शिक्षण संस्था र सार्वजनिक यातायात आजदेखि पुनःसञ्चालनमा आएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आन्दोलनरत अन्य सङ्घसङ्गठनबीचको छलफलले आज बन्द शैक्षिक संस्था पुनः सञ्चालन गर्न दिइने निर्णय गरेको मोर्चाका नेता एवम् तमलोपाका धनुषा. . .


व्यापारीसँग चन्दा नदिए मार्ने धम्की दिने पक्राउ

लहान माघ १२: जनतान्त्रिक तराई मुक्तिमोर्चा (गोइत समूह)को कार्यकर्ता भन्दै व्यापारीसँग चन्दा सहयोग माग्ने र नदिए अपहरण गरी ज्यान गर्ने धम्की दिएको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक जनालाई पक्राउ गरेको छ । आफूलाई गोइत समूहका कार्यकर्ता भनी सिरहाको लहान नगरपालिकाका स्थानीय व्यवसायीसँग आर्थिक सहयोग . . .


दुई दिनदेखि बिग्रिएको देशभरको मौसममा आजदेखि सुधार आउने

बिराटनगर माघ ७ दुई दिनदेखि बिग्रिएको देशभरको मौसममा आजदेखि सुधार आउने भएको छ । मौसमविद्हरुले काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आउने बताएका छन् । दिउँसोबाट पश्चिम र मध्य नेपालमा मौसममा सुधार आउने छ । तर यता विराटनगर लगायत पूर्वी नेपालमा भने भोलिबाट मात्रै मौसममा सुधार आउने छ । अरब सागरबाट र �. . .


विभिन्न बहाना बनाएर भारतलगायत तेस्रो मुलुक पुर्याइन लागिका सात चेलीहरुको उद्दार

भीमदत्तनगर, ७ माघ । माइती नेपाल कञ्चनपुरले दुई दिनमा पश्चिम नाका गड्डाचौकीबाट सात चेलीहरुको उद्दार गरेको छ । मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना युवतीको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिईन् । उद्दार गरिएकाहरुमा कञ्चनपुरका दुईजना, काठमाडौँंका एक, दाङ एक. . .


प्यालेस्टिनी कविलाई मृत्युदण्डको विरोधमा काठमाडौंमा कविता

काठमान्डौ माघ ५ , साउदी अरब सरकारबाट कविता लेखेकै कारण मृत्युदण्डको सँजाय सुनाईएका कवि असरफ फयादको सँजाय फिर्ता गराउन माग गर्दै काठमाण्डौमा सडक कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । बसन्तपूर मण्डलीमा भएको उक्त कार्यक्रममा कविहरुले असरफका अनुदित कविताहरु साथै उनको नाममा लेखिएका कविताहरु वाचन गरिए�. . .


“नेपालमा ठूलो भुकम्प आउँछ भन्नेमा कुनै सत्यता छैन”

‘ माघ ३, काठमाण्डौं । नेपालमा ठूलो भुकम्प आउँछ भन्नेमा कुनै सत्यता नभएको वैज्ञानिकको दावी छ । नेपाली बैज्ञानिक, खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटाले काठमाडौ मुनी शक्ति बांकि रहेपनि तत्काल ठुलो भुकम्प जानसक्ने संभावना अत्यन्तै न्यून रहेको बताएका छन् । केही दिन अघि हिन्दी बिबिसी�. . .


नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना – बेलायती अध्ययन

बिराटनगर पुस २९ नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औँल्याएको छ । टेक्टोनिक प्लेटको घर्षणले गत वैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पजस्तै अर्को भूकम्प फेरि जान सक्ने सम्भावना सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले सोमवार गरेको छ । भूकम्पको केन्द्र �. . .


कक्षा ११ को परीक्षाफल भोलि सार्वजनिक हुने

बिराटनगर पुस २७ उच्च माध्यमिक शिक्षा परिषदले मंगलबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ। आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रहेकाले भोलि बिहान ८ बजेभित्रमा परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले ब�. . .


महावीर पुनले भूकम्प प्रभावित गाउँमा वाइफाई जोडिदिने

काठमाडौं: सरकारले भूकम्पपीडितलाई न्यूनतम सुविधा दिन नसकिरहेका बेला म्यागासासे पुरस्कार विजेता महावीर पुन भने प्रभावित गाउँलाई सूचनाप्रविधिका माध्यमबाट विश्वसँग जोड्न जुटेका छन् । पुनले गोरखा, सिन्धुपाल्चोक र लमजुङका विभिन्न स्थानमा ग्रामीण जनतालाई वाइफाई सुविधा दिन लागेका हुन् । पुन पहिलो चरण�. . .


सूचनाको हक र खोजमूलक पत्रकारिता तालिम सम्पन्न

 वीरगन्ज, २४ पुस । प्रेस स्वतन्त्रता र सूचनाको हकको प्रत्याभूतिसहितको जवाफदेही, उत्तरदायी एवम् पारदर्शी राज्य निर्माणको अभियानमा सहयोग पु¥याउने उद्देश्यले आयोजित “सूचनाको हक र खोजमूलक पत्रकारिता” विषयक पाँचदिने तालिम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति�. . .


“विपीको सिद्धान्त भुलेकाले पार्टी संकटमा” – सिटौला

बिराटनगर पुस २४ , नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले विपी कोइरालाको सिद्धान्त भुलेकाले पार्टी संकटमा परेको बताएका छन् । उनले कांग्रेस प्रतिपक्षमा बस्नु गलत भएको समेत बताए । पर्वतमा आयोजित अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आठौं स्मृति दिवस एवम् सम्मान कार्यक्रममा सिटौलाले भने, ‘�. . .


चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसकिने – मन्त्री थापा

बिराटनगर पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले भौगोलिक विकटताका कारण चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसकिने बताएका छन् ।गृह जिल्ला धनकुटामा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन ढुवानी खर्चसम�. . .