समाचार

कोशी प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन् । बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि बैठक उपसभामुखले सञ्चालन गनुपर्ने भएको हो। बैठकमा सभामुखबाट बाबुराम गौतमले दिएको राजीनामाको जानकारी गराउने कार्यसूची छ । त्यसैगरी प्रदे�. . .


तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विराटनगरमा सम्मान

विराटनगर । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ। बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० . . .


बझाङको खिराताडीमा भूकम्प

काठमाडौँ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्. . .


सुत्केरीको मृत्यु भएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा रंगेली नगरपालिका ३ का २५वर्षीया सुलेखा मण्डलको आज राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेल�. . .


झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या

झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् । आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको �. . .


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयरको आवेदन खुला गरिने

दोलखा । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप�. . .


औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौँ । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ । . . .


अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘गोर्खा वारियर’

काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खाने. . .


नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुँदै

काठमाडौँ ।नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ । अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्�. . .


मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ

धनुषा । मधेस प्रदेश प्रदेशसभाको पहिलो अधिवेशन सकिएको भएको एक भई महिना भए पनि हालसम्म प्रदेशसभाको दोस्रो अधिवेशनको आह्वान गरिएको छैन । गत असार ३१ मा मधेस प्रदेशसभाको पहिलो अधिवेशन सकिएको थियो । प्रदेश सरकारको सिफासिरमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गर्नुपर्ने प्रवधान छ । प्रदेश सरकारका �. . .


मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भन्नुभयो, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मो�. . .


लम्पी स्किन विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी

काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँ. . .