समाचार

मधेश प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा

धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्�. . .


‘ड्रागन फ्रुट’ खेती आर्कषण बन्दै, झापा धुलाबारीकी भावना बार्षिक २० लाख आम्दानी गर्दै

प्रेम देवान विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती विस्तार हुने क्रम बढेसगैँ यसलाई �. . .


आज प्रतिनिधि सभा बैठक बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सभामुखले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने कार्यसूची छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुखले प्रतिनिध�. . .


भारतीय रेलमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपी�. . .


झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ । लागुऔषधको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भएसंगै आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ को एक घरबाट कमल गाउँपालिका-४ का ३५ बर्षीय सुमन श्रेष्ठ, ग. . .


पथरी शनिश्चरेबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय राज कुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बा�. . .


भोजपुरका किसानको मुख्य समस्या नै बाँदर

भोजपुर । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानी�. . .


मोसो दल्ने नेबिसंघका केहि कार्यकर्ता निलम्बन र केहिलाई नसियत

विराटनगर ।   नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेको आरोप लागेका केहि विद्यार्थीलाई निलम्बन र केहिलाई नसियत गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा सोमबार जारी विज्ञप्तिका अनुसार गलत काममा संलग्न केहीलाई निलम्बन र �. . .


एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्चशिक्षाका लागि नेपालबाट दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका व. . .


उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण

उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा . . .


युरोप पठाउने नाममा बढ्यो ठगी

काठमाडौँ । पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रु�. . .


हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले आइतबार उक्त आदेश दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजला�. . .