समाचार

सांसद श्रेष्ठको अडियो सार्वजनिक : रास्वपाले गर्‍यो कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाका कुमार श्रेष्ठलाई तत्काल काम, कारबाहीमा रोक लगाइएको छ। सांसद ढकालले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आर्थिक सहयोग मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ । रास्वपाले पार्टीको साधा. . .


मधेशमा ‘होमस्टे’को सम्भावना खोजिँदै

महोत्तरी । पहाडी र हिमाली जिल्लामा फस्टाएको होमस्टे (घरबास) को मधेशमा पनि सम्भावना खोजिँदैछ । महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ । नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले गौशाला–८ बेलग. . .


नेप्सेमा २८ अङ्कको गिरावट

काठमाडौँ । पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरक�. . .


पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न माग राख्दै सभामुखलाई अल्टिमेटम पत्र

विराटनगर । पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न माग राख्दै काेशी प्रदेशका सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। कोशी प्रदेश नामाकरण खारेजीकाे माग गर्दै आएका पहिचानबादी आन्दोलनरत पक्षले आज कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई अल्टिमेटम पत्र बुझाएका हुन् । उनीहरुले कोशी नाम खारेजी चाडै नगरे. . .


सन्दीप लामिछाने प्रकरण : पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन काठमाडौं अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण मुख्य चिकित्सक नभई सहायक चिकित्सकले चेकजाँच गरेको खुलासा भएको छ । पीडितको स्वास्थ्य परीक्षण सहायक चिकित्सकले गरेको बकपत्र खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजल. . .


पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग

काठमाडौँ । विसं २०७०–७१ मा सरकारले ल्याएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ बाटै सो नाम र उनले गरेको समाज सुधारका कामबारे धेरै नेपाली जनताले भेउ पाइसकेको हुनुपर्छ । त्यसमाथि विसं २०७४ मा प्रकाशित साहित्यकार नीलम कार्की निहारिकाकृत ‘योगमाया’ उपन्यासले साहित्यमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार�. . .


विकासमा सबैकाे अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ । यही चैत २३ र २४ सम्म चलेको महासङ्घको राष्ट्रिय नागरिक सम्मेलनले १९ बुँदे ‘नागरिक सम्मेलन घोषणापत्र’ जारी गर्दै सुरक्षित . . .


विराटनगरका १०४ वर्षीय नारायण प्रसाद रेग्मीको निधन

विराटनगर । विराटनगरका शताब्दी पुरूष तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद रेग्मीको १०४ बर्षको उमेरमा निधन भएको छ । विराटनगर-३ निवासी १०४ वर्षीय रेग्मीको घरमा निधन भएको हो। रेग्मीको अन्त्येष्टी विराटनगरस्थित परोपकार घाटमा गरिएको छोरा कृष्ण रेग्मीले जानकारी दिए।. . .


पिएलओको अटो ल्यूब आयलले भित्र्यायो स्वीडेनमा उत्पादित कृषियन्त्र

विराटनगर । पिएलओ ग्रुपको अटो ल्यूब प्रा.लि.ले स्वीडेनमा उत्पादित हर्सकोवर्ना कम्पनीका कृषि औजार नेपालमा भित्र्याएको छ । नेपालमा पहिलो आधिकारिक बिक्रेताको रुपमा कारोबार सुरु गरिएको हो । ३३० वर्ष पुरानो हर्सकोवर्ना कम्पनीका सामान नेपालमा भित्र्याउन आठ वर्ष पहिलेदेखि पिएलओ ग्रुपले पहल गरिरहेको थियो. . .


उपनिर्वाचनको तयारी तीव्र

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा ह�. . .


पूर्वी नाका काँकडभिट्टामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्व�. . .


हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित दुई जनाको सकुशल उद्धार

विराटनगर । धौलागिरी बेसक्याम्पमा हेली एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर आइतबार हेलिकप्टर दुर्घटनामा परेको हो । घौलागिरी बेसक्याम्पबाट पोखरा फर्किने क्रममा दुर्घटना भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । उनका अनुसार . . .