समाचार

एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाडौँ चालु आर्थिक वर्ष २०७७-७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको चालु आव २०७७-७८ को पहिलो दश महि. . .


निषेधाज्ञाको मौका छोपी वन तस्कर बढ्न थाले

सर्लाही विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको लालबन्दी, इश्वरप�. . .


धुलिखेल अस्पताललाई सरकारद्वारा थप चार भेन्टिलेटर प्रदान

धुलिखेल सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले रु छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ । सो अस्पतालले काभ्रेपलाञ्चोकलगायत �. . .


तालिम केन्द्र युवा कोभिड-१९ एक्सन टिमद्वारा बिपन्नवर्गलाई नि: शुल्क खाना वितरण अभियान सुरु

बिराटनगर आकृति रानी फुयल यस कोभिड महामारीका समयमा बिराटनगर रानी स्थित तालिम केन्द्र युवा कोभिड-१९ एक्सन टिमले गरिब तथा बिपन्न समुदायका व्यक्तिहरुलाई चामल ,नुन ,तेल आलु जस्ता अत्यावश्यकक खाद्यान्न सामग्रीहरु वितरण गर्ने अभियान सुरु गरेको छ। भारतको जोगबनीसंग सिमा नाका जोडिएको रानी आसपासका क�. . .


माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, दुईजना पक्राउ

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । साथीहरुसंग माछा मार्ने क्रममा आइतबार राती करेन्ट लागेर घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड. . .


उपत्यकासहित देशका बिभिन्न स्थानमा गर्मि बढ्यो; भोलिदेखि मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने

काठमाण्डौ काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३३ डिग्री सेल्सियस सम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ । नेपालगञ्ज र दिपायलको ता. . .


महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी

महोत्तरी महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो । यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहि. . .


झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटर. . .


चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म

भरतपुर भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन हुनुहुन्छ । चौधरी. . .


पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

भोजपुर भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चौरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वा�. . .


प्रदेश १ मा ७६३ जना संक्रमित थपिए, विराटनगरमा २२७

विराटनगर । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, रभोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष. . .


प्रदेश सरकारले खोप लुकाएको प्रमुख प्रतिपक्षी काँग्रेसको आरोप

विराटनगर । प्रदेश सरकारले कोभिड विरुद्धको खोप लुकाएको नेपाली काँग्रेसले आरोप लगाएको छ । प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका सरकारी कर्मचारीले कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोजका भायलहरू लुकाएको आरोप लगाएको हो । संसदीय दलका प्रमुख सचेतक केदार कार�. . .