इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारी. . .
अपडेट: उक्त युवाको कोरोना संक्रमण नदेखिएको रिपोर्ट केहि समय अघी आएको छ । हेर्नुहोस् समाचार सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । �. . .
बेलबारी । मोरङको बेलवारीमा कोभिड–१९ संक्रमितको संख्या १८ पुगेको छ । बेलवारी नगरपालिका वडा १ र वडा न २ मा सोमबार एकै दिन १० जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । बेलवारी नगरपालिका स्वास्थ शाखाले दिइएको जानकारी अनुसार सोमबार थपिएका १० जनासहित संक्रमितको संख्या १८ पुगेको छ ।. . .
बेसिन्दा पहिरो पीडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोर्खापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रा�. . .
विराटनगर । विराटनगर–३ निवासी ८७ वर्षीया बृद्धाको नेपाली सेनाको शव व्यवस्थापन टोलिले अन्त्येष्टि गरेको छ । घरपरिवारका सदस्य कोरोना संक्रमित भएपछि बृद्धाका शनिबार राती निधन भएको थियो । मृतकका कान्छा छोरालाई गत मंगलबा नै कोरोना संक्रमण पुष्टि भएर आईसोलेशनमा राखिएको छ । संक्रमित छोराको सम्पर्क पहिच�. . .
विराटनगर । प्रदेश १ मा आइतबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष हुन् । मोरङमा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३२ महिला र ५४ पुरुष गरि ८६ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरको वडा नम्बर १ मा २ प�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएपनि विराटनगर–३ की ८७ वर्षीया बृद्धाको अन्त्येष्टि गर्न आफन्तले मानेनन् । घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना संक्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाण्डौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने साहस गरेनन् । शनिबार. . .
विराटनगर । विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ । महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो । महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्त�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पीसीआर मेशिन भित्र्याएको छ । अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै कोरोना भाईरस (कोभिड–१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको हो । अस्पतालका प्रवन्धक नारायण दाहा�. . .
गरिब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब तथा विपन्न ११५ परिवारका लागि उपलब्ध भएको. . .
नेपाल प्रेस युनियन प्रदेश नं १ का जिल्ला समितिहरुले कोेभिड–१९ को महामारीका बेला पत्रकार र सञ्चार संस्थाभित्रका समस्या समाधानका लागि सरकार तथा सरोकारवालासँग शनिबार नौ सूत्रीय माग अघि सारेका छन् । प्रदेशका १० जिल्लाका अध्यक्षको सहभागितामा शनिबार भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा �. . .
विराटनगर महानगरपालिमा ४० सहित प्रदेश नं १ मा शनिबार ८६ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेशमा शनिबार एक हजार ९४८ जनाको पिसीआर परीक्षण गरिएकामध्ये ३२ महिलासहित ८६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समिति संयोजक डा सरोज वि�. . .