समाचार

जाडोमा आगो ताप्दा होशियार ! ओखलढुङगामा जलेर एक बृद्धको मृत्यु

ओखलढुङगा, मंसिर २४ । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुसिङगा बस्ने बर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए । घटनाबारे ज. . .


झापामा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा मोरङका किशनको मृत्यु

झापा, मंसिर २४ गते । झापाको कन्काई नगरपालिका-४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आज बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रक�. . .


राजविराजमा बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार

सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितक�. . .


विराटनगर महानगरको ‘छोरी बचाउ छोरी पढाउ’ अभियान सफल पार्न दौड

विराटनगर । १६ दिने लैँिगक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन आज बिराटनगर महानगर पालिकाले दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा छोरी बचाउ छोरी पढाउ भन्ने नाराका साथ महिला दौडको आयोजना गरिएको हो । मंगलवार बिहान ७ बजे विराटनगर महानगर पालिकाबाट शुरु भएको दौड टाफिक चौक पुग�. . .


इलामको श्रीअन्तुस्थित एक घरवासमा आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति

मङ्गलबारे, मङ्सिर २४ गते । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको पm्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गर�. . .


विराटनगर ६ का वडा अध्यक्षबाट आत्महत्या प्रयास

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर - ६ का अध्यक्ष बिजय कामतले आत्महत्या प्रयास गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनले आइतबार साँझ किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भैरहेको छ । सिकिस�. . .


जाडोमा मोटरसाइकल चलाउँदा यी कुरामा ध्यान दिनुपर्छ

चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । १) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने  जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ । मोटर�. . .


सगरमाथाको मापन प्रक्रिया लम्बियो, अझै केही महिना लाग्ने

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ । नापी विभागका चिफ सर्भेयर म्यानेजर सुशील डंगोलले बाह्रखरीसँगको कुराकानीमा जनाएअनुसार ‘फिल्ड वर्क’ अझै बाँकी रहेकोले मापनको प्रक्रिया लम्बिएको हो । उनले भने,‘‘दुइटा टोली अझै फिल्डमा छ । टोलीमा संलग्नह�. . .


भोजपुर–काठमाडौं छोटो दूरीको यातायात सेवा शुरू

भोजपुर। भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौंसम्म छोटो दूरीको यातायात सेवा शुरू भएको छ । भोजपुरका स्थानीयवासी यसअघि भोजपुरबाट धनकुटाको लेगुवा–धरान हुँदै काठमाडौं जाने गरेका थिए । सुपर खोटाङ भोजपुर यातायात प्रालिले सीधा यातायात सेवा शुरू गरेको हो । कम्पनीले केही दिन अघिदेखि सेवा दिँदै आए पनि ग�. . .


काठमाडौं-तराई ‘फास्ट ट्र्याक’ निर्माण असारमा थालिने, यस्तो छ तयारी

काठमाडौ  । नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ। त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले त्यसका लागि ६ वटा परामर्शदाता कम्पनी छनोट गरिसकेको खबर आजको नयाँ पत. . .


हिन्दु राष्ट्रबारेमा जनमत संग्रह गर्नुपर्छ : महामन्त्री शशांक कोइाराला

पथरीशनिश्चरे । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहलेृ मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्। मोरङको पथरीशनिश्चरेम�. . .


विराटनगरमा इन्टर लियो रनिङ शिल्ड फुटसल कप हुदै, विजेताले १० हजार पाउने

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा ‘इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०१९’ गर्ने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा सोमवार पत्रकार सम्मेलन गरी शिल्ड कप हुनेबारे जनाएको हो । आगामी मंसिर २६ गतेदेखी सुरु हुने फुटसल प्रतियोगितामा १६ वटा क्लवको सहभागिता हुने. . .