समाचार

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

काठमान्डू पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान भएको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपति भण्डारीले छलफलका लागि दिउँसो ४ बजे बोलाएकि छिन् । दलहरुबीच देखिएको विवाद अन्त्य�. . .


विराटनगरको मोरङ सहकारीमा डा.समिर पौडेलद्वारा पुनः सेवा सुरु हुँदै

विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समिर पौडेलले पुनः विराटनगरमा सेवा सुरु गर्नु भएको छ । लामो समय विराटनगरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रुपमा विरामीको स्वास्थ्य परीक्षण गर्नु भएका डाक्टर पौडेल कार्डियोलोजी अध्ययन सकाएसँगै सेवाका लागि फर्कनु भएको हो । प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबा�. . .


सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

धरान । सुनसरी धरान–५ देउरालीका ३५ बर्षीय किशोर बि।क।को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार राती ८ बजे धरान–१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय धरानले सिटी . . .


विराटनगरको बरगाछीमा बन्ने आकाशेपुलको शिलान्यास

विराटनगर विराटनगरको बरगाछीमा आकाशे पुल बन्ने भएको छ । विराटनगरमा सवारी साधानको चापसँगै जनघनत्व बढ्न थालेपछि विराटनगरमा आकाशे पुलको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालीकाको मेयर पराजुलीले आज सोमबार बरगाछी चोकमा बन्न लागेको आकाशे पुलको शिलान्यास गर्नुभएको हो । . . .


चार जिल्लाका ३० फर्म कारवाहीमा

विराटनगर । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै बदमासी गर्ने प्रदेश १ का चार जिल्लाका ३० वटा फर्मलाई चालु आर्थिक वर्षको आठ महिनामा कारवाही गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बदमासी गर्ने ३० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको हो । कारवाहीमा पर्ने उद्योग र पसलहरू �. . .


विराटनगरका पत्रकार श्रेष्ठ सम्मानित

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय �. . .


विराटनगरका दुई कलेजका विद्यार्थी काठमाडौंको मेरियट होटलमा

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेज र काठमाडौको मेरियट होटेलबिच मेमोरेन्डम अफ अन्डरस्एटीङ (एम ओ यु )सम्झौता भएको छ । होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई काठमाडौंमा रहेका ५ तारे होटलको स्थालगत भ्रमणसँगै उक्त ह. . .


पिकअप दुर्घटनाबाट चालकको मृत्यु

ईलाम ईलाम सुर्योदय नगरपालिका-३ रुङसुङमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएअनुसार मे१ज १२४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटन�. . .


एक हप्ते पत्रकारिता प्रशिक्षण सम्पन्न

विराटनगर नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा एक आधारभूत पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ। उक्त तालिममा ४० जना पत्रकारिता गर्दै आएका वा पत्रकारिता अध्ययनरत व्यक्तिहरुले सहभागिता जनाएका थिए । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशि�. . .


विराटनगरमा सदरमुकाम सरेपछि ओझेलेमा परेको रंगेलीको साख फर्काउँछु : दिलिप बगडीया

एकसय वर्ष भन्दा अगाडी सदरमुकाम विराटनगर सरेपछि जीर्ण बन्दै गएको मोरङको रंगेली नगरपालिका पछिल्लो समय एकाएक विकासमा फड्को मार्न सफल भएको छ । स्थानीय सरकार गठन भएसँगै योजना छनौटको रोजाई मात्रै नभई रंगेलीको विकास तिव्रतर गतिमा बढेको हो । संयोगले रंगेली नगरपालिकाको नेतृत्व मोरङमा चिनिएका उद्योगीले गर्�. . .


आसरा सुधार केन्द्र धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न

सुनसरी आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको समुद्धघान कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी �. . .


विराटनगरबाट ट्याङ्करमा डिजेल भारततर्फ लैजाने लागेको आरोपमा दुईजना पक्राउ

विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारतको बरौनीतर्फ जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आएको ट्याङ्करले तेल अनलोड गरेर फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनाल�. . .