समाचार

नोबेलमा थप दुईजनाको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या �. . .


डिआईजी कार्कीको निर्देशनपछि सीमा क्षेत्रमा प्रहरी सक्रियता बढ्यो

विराटनगर । गत कार्तिक १६ गते प्रदेश १ का प्रहरी नायव उपरीक्षक (डिआईजी) इश्वरबाबु कार्कीले झापा र मोरङको सीमावर्ती प्रहरी यूनिटका प्रमुख तथा सहायकलाई भेला गरेर कडा निर्देशन दिए । चेतावनीसहितको निर्देशनमा डिआईजी कार्कीले कुनै पनि अवस्थामा अवैध चोरी निकासीको काम बन्द हुनुपर्ने सीमावर्ती क्षेत्रका प्र. . .


छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थ. . .


रंगेलीमा तास खेलिरहेका नौ जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेली–७ नयाँ टोलस्थित लक्षु महतोले संचालन गरेको च्याउ उत्पादन गर्ने घर भित्र तास खेलि रहेको अवूस्थामा नौजनालाई पक्राउ गरेको छ । च्याउ फममा तास खेलाउने गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीको टोलिले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक सहितको �. . .


मकैबाट मदिरा उत्पादन गर्न थाले उद्योगी

विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्। मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको. . .


नौ वर्षीया बालिकासहित दुईजनाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः नौ वर्षीया बालिकासहित बुधबार सुनसरीका दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो । बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रति. . .


भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङको खोटेहाङ गाउँपालिका-६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको हो । पक्राउ पर. . .


झापामा १३ बोरा पटाका सहित २ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा अतिसबाजी(पटका) ल्याउँदै गरेको भन्. . .


स्काउटको प्रदेश १ तदर्थ समिति विरुद्ध विराटनगरमा संघर्ष समिति गठन

विराटनगर । नेपाल स्काउटले प्रदेश १ का लागि गठन गरेको तदर्थ समिति विरुद्ध नयाँ संघर्ष समिति गठन भएको छ । नेपाल स्काउटले रवि खनाल नेतृत्वमा प्रदेश १ तदर्थ समिति गठन गरेको थियो । त्यसका विरुद्ध मोरङमा बृहत स्काउटरहरुको भेला आयोजना गरेर नयाँ समिति गठन गरिएको हो । नयाँ समितिको नेतृत्व स्काउटका पूर्व जिल्ल. . .


भोलिपल्टै कोरोना पोजेटिभ !

विराटनगर । गत असोज २७ गते विराटनगर–३ का ४५ वर्षीय कुलदिप चौधरीमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखियो । दुईदिन अगाडी कोशीमा स्वाब संकलन गराएका चौधरी संक्रमित भएसँगै कार्तिक १३ गते पुनः कोशी अस्पतालको प्रयोगशालामा पुर्नपरीक्षणका लागि पुगे । प्रयोगशालाका कर्मचारीले स्वाब संकलन गरे १४ गते चौधरीक. . .


अस्पतालमा ज्यान गुमाउन थाले संक्रमित, मंगलबार मात्रै ६ जनाको मृत्यु

विराटनगर । उपचारका लागि अस्पताल भर्ना भएका ६ जना कोरोना संक्रमितको मंगलबार विराटनगरका विभिन्न अस्पतालमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा तीन, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो । सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर . . .


एघार वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

विराटनगर । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई ११ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति–४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची ह�. . .