समाचार

कोशी अस्पतालमा राष्ट्रिय सतर्कता केन्द्रको छानविन : करार कर्मचारी भर्नामा मनपरी

विराटनगर । कोशी अस्पतालमा प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेको एकल आदेशमा कर्मचारी भर्ना गरिएको खुलसा भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अञ्चल अस्पतालमा राजनीतिक हस्तक्षेपको आधारमा कर्मचारी नियुक्त गरिएको राष्ट्रिय सर्तकता केन्द्रलेको अध्ययनले देखाएक�. . .


कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने

काठमाडौं । कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने भएको छ ।प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा यस्तो सहमति भएको हो । संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा कर्मचारी सर. . .


पाँचथरमा चिया कृषक पाठशाला सञ्चालन

पाँचथर । पाँचथरमा नगदेवालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा पनि लागू भएको छ । कृषकहरुलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पाठशाला सञ्चालनमा ल्याइएको हो । कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समाधान हुने �. . .


राष्ट्रिय महिला टोलीका मनमाया र निरुले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

पोखरा ।  राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्। राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला. . .


धनकुटाको हिलेमा गोल्डकप आयोजना हुने,विभिन्न ८ टोलीको सहभागीता रहने

विकास घिमिरे धनकुटा २३ मंसिर । धनकुटाको हिलेमा आगामि मंसिर २६ गतेदेखि ३० गतेसम्म धनकुटा गोल्डकप आयोजना हुने भएको छ । हिले फुटवल क्लवले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । स्थानीय हिले खेल मैदानमा हुने प्रतियोगितामा पूर्वका विभिन्न ८ टोलीको सहभागीता रहने छ । आयोजकको . . .


ईलाममा अन्तुडाँडाको फ्याफुल्ला होमस्टेमा आलगलागी, २६ लाख बराबरको क्षती

ईलाम । ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडामा आगलागी हुँदा २६ लाख बराबरको क्षती भएको छ । आज बिहान मानबिर तामाङको दुईतल्ले काठ सिमेन्ट र टिनको छानोले बनेको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचल�. . .


सिरहाको गोलबजारमा आज एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु

लहान, मङ्सिर २३ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स।६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स।१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसा�. . .


रावाबेँसी गाउपालिका प्रमुखको गाडी अज्ञात समुहद्धारा आगजनी

खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति अज्ञात समूहले आगलागी गरेको छ । आगलागीबाट गाडी ध्वस्त भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटन. . .


गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार . . .


इटहरीमा एक महिला झुण्डिएको अवस्थामा फेला

बिराटनगर मङ्सिर २३ , इटहरी–१७ बिसनपुरमा एक महिला झुण्डिएको अवस्थामा आइतबार अपरान्ह ४ बजेतिर भेटिएकी छन् । दुई सन्तानकी आमासमेत रहेकी ३५ वर्षीय टीका दाहाल आफ्नै भाडाको कोठामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी हुन् । श्रीमान् टङ्क दाहालले मादक पदार्थ सेवन गरेर बारम्बार झगडा तथा कुटपिटसमेत �. . .


बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्सको एक बर्ष : एक सय रुपैयाँ मै एक हप्ता फिल्म हेर्न पाइने

बिराटनगर मङ्सिर २३ , बिराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलको पहिलो वार्षिकोत्सवको अवसरमा बिशेष छुट दिने भएको छ  । एक बर्ष अघि विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सिनेमा हल संचालनमा ल्याइएको थियो। पहिलो वार्षिकोत्सवको अवसरमा डिसेम्बर ८ देखि १४ डि�. . .


विराटनगरमा पत्रकार दाहाल मृत फेला, हत्या भएको आशंका

नवराज कट्टेल विराटनगर, मङ्सिर २३। पुराना पत्रकार जयप्रसाद दाहाल शंकास्पद अवस्थामा मृत फेला पर्नु भएको छ । विराटनगर–२ शनिहाटमा रहेको उहाँको पुरानो घरमा दाहाल आइतबार बिहान मृत अवस्थामा भेटिनु भएको हो । परिवारसहित काठमाडौंमा बस्दै आउनु भएका दाहाल शनिबार मात्रै विराटनगर आउनु भएको थियो । विराटनगरमा स�. . .