समाचार

सुनसरीको ईनरुवामा ११० घर डुवानमा

विराटनगर, २७ असार । सुनसरीको ईनरुवामा ११० घर डुवानमा परेका छन् । केहीदिन देखिको अबिरल बर्षाको कारण सुनसरी इनरुवा नगरपालिका ३ मुसरीटोलका एक सय घरहरु डुवानमा परेका हुन् । बर्षाको कारण दपिक्षा खोलामा आएको बाढी गाउँपस्दा एक सय घर डुवानमा परेको हो । त्यस्तै ईनरुवा नगरपालिका वडा नम्बर ८ को गैडाटोलको १० घर प�. . .


विराटनगर महानगरपालिकाको विपद व्यवस्थापन समितिकाे वैठक सम्पन्न,जाेखिम ब्यवस्थापनमा लाग्ने

बिराटनगर असार २७ , अबिरल बर्षा भएसंगै सम्भावित जाेखिम ब्यवस्थापनमा जुटेको विराटनगर महानगरले विराटनगरका विभिन्न सराेकार सम्वद्ध संस्था ,सुरक्षा निकाय र सहयाेगी युवासमुह तथा राजनैतिक दलका प्रतिनिधिहरु संग छलफल गरेकाे छ । यस संगै विराटनगर महानगर विपद व्यवस्थापन समितिकाे वैठक समेत सम्पन्न भएको छ । �. . .


पाँचथरको मिक्लाजुङमा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता

हिलिहाङ, असार २७ गते । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी. . .


दुहवीमा सुनसरी-मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा (फोटो फिचर)

इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो । तस्बिर : अजय साह. . .


इटहरी–विराटनगर खण्डको बुढीखोलाको पुल जोखिममा, एकतर्फी सवारी संचालन

विराटनगर, २७ असार । इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो । पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको स. . .


खोटाङमा पहिरोले तीनजना बेपत्ता, सुनसरी–मोरङमा सयबढी परिवार बिस्थापित

विराटनगर, २७ असार । प्रदेश १ का अधिकांश जिल्लाहरु बर्षाको कारण प्रभाबित भएको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङका जिल्लाहरु बढी प्रभाबित भएका छन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार तराईका जिल्लाहरुमा डुवान समस्या रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका र बिराटनगर महानगरपालिकाम�. . .


सप्तकोशीमा खतराको बत्ती बालियो, स्थानीयलाई सतर्क रहन आग्रह

बिराटनगर असार २७ , लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।   ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये ३२ वटा ढोका खोलिएको छ । प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थ�. . .


राजविराजका पङ्कजलाई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा कैद सजाए

सप्तरी, असार २७ गते । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरि. . .


बिराटनगरमा ओबी मिडियाले “लर्निंङ स्टुडियो” संचालनमा ल्याउदै , पहिलो कोर्ष फोटोग्राफी

बिराटनगर असार २७ , बिराटनगरमा ओबी मिडिया प्रालिले "ओबी लर्निंङ स्टुडियो" संचालनमा ल्याउने भएको छ । ओबी लर्निंङ स्टुडियो बिभिन्न मिडिया समन्धी , लाइफ स्किल्स , रोजगारी क्षेत्रका सिप लगायतका बिषयमा केन्द्रित भएर बिद्यार्थी पढाउने थलोको रुपमा रहने छ । हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको "फ. . .


लगातारको वर्षाका कारण प्रदेश नम्बर २ पनि प्रभावित , बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न

लहान, असार २७ गते । लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन ज�. . .


पुर्वमा सिट थपेर पैसा छाप्छन् ‘डिलक्स’ बस , यात्रुलाई भने सधै सास्ती

नवराज कट्टेल विराटनगर, असार २७ । यातायात व्यवस्था कार्यालयबाट सामन्य बस सेवा प्रदान गर्ने उद्देश्यसहित स्वीकृत लिइएको सपना डिलक्समा ३५ जना यात्रु अटाउने सिट क्षमता छ । क्याबिनसमेत गरी चालक, सहचालक र सहयोगीसहित ४२ जनासम्मको क्षमता सपना डिलक्समा छ । सपना डिलक्समा दुईवटा सिटबीचको दूरी १६ इन्च छ । यात�. . .


सप्तकोशीका ३२ ढोका खोलिए

सुनसरी, २७ असार ।  तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ।  पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ। शुक्रबार बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसे�. . .