समाचार

विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित

बिराटनगर भदौ १९ , विगत लामो समयदेखि पर्यटन क्षेत्रमा रहेका विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित भएका छन् । श्रेष्ठलाई प्रबल जनसेवा श्रीद्वारा विभुषित गरिएको हो । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा विभूषण समितिका अध्यक्ष इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओल. . .


भोजपुरमा आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुर भदौ १९ । आफ्नै आमा बलात्कार गर्नेलाई भोजपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ । ६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई २७ वर्षको जन्मकैद सजाय सुनाएको हो । युवकलाई हाडनाता करणीतर्फको कैद भएको हो । ती युवकलाई गएको असार ४ गते आमा बला�. . .


आन्दोलन फिर्तापछि विराटनगरकाे कोशी अञ्चल अस्पतालमा विरामीकाे चाप ( फोटो फिचर सहित)

  प्रेम देवान, विराटनगर, १९ भदौ । विगत ३ दिनदेखि अस्पतालका ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सकहरु काममा फर्किएपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । नेपाल चिकित्सक संघको अगुवाईमा आन्दोलन शुरु गरेका चिकित्सकहरुले आन्दोलन फिर्ता लिएसंगै अस्पतालहरुमा बिरामीको चाप बढेको हो । चिकित्सक सं. . .


नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन

विष्णुप्रसाद पोखरेल दमक, भदौ १९ गते । नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन हुने गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेअनुसार ७७ जिल्लामध्ये १४ जिल्�. . .


बिराटनगरमा मनसुन म्युजिकल कन्सर्ट हुने , नितेश जंग कुवरको बिशेष प्रस्तुति

बिराटनगर भदौ १९ , बिराटनगरमा धेरै पछी सागीतिक कन्सर्ट हुन गईरहेको छ। बिराटनगरस्थित पुर्वान्चल बाल आश्रमको सयोगार्थ सांगीतिक कन्सर्ट हुन लागेको हो । युवामाझ  लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । उनि संगै अर्का युवा गायक प्रयत्न श्रेष्ठ, सौरब भटराई , सु�. . .


बिराटनगरबाट १३ किमी पश्चिमको यस्तो छ बर्जु ताल ! तस्बिरमा हेर्नुहोस !

विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ । पछिल्लो समय बर्जु तालमा पिकनिक . . .


दमकमा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ परे

दमक भदौ १९ । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका १ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउ. . .


झापाको मिनी क्यासिनोबाट दराज फुटाएर रकम चोरी गर्ने पक्राउ परे

झापा। मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फ�. . .


बिराटनगर लिटल आईकनको रथयात्रामा र्याली तथा फल्समोब

बिराटनगर भदौ १९ , बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका आयोजना गरिएको सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतियोगीले बिराटनगरको एतिहासिक राधाकृष्ण रथयात्रामा र्याली तथा फल्समोब आयोजना गरेको छ ।  बिराटनगरमा हरेक बर्ष निस�. . .


झापामा भुस्याहा कुकुरको आतंक , ४० खसीबोका मरे

झापा, भदौँ १९ झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका �. . .


बिराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा (तस्बिरमा हेर्नुहोस)

बिराटनगर भदौ १९ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रा बिराटनगरमा सम्पन्न भएको छ । ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हेर्नुहोस तस्बिरमा :  तस्बिर : मौसम दाहाल. . .


अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

काठमाडौं, १९ भदाै । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी का�. . .