समाचार

ईटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी, १८ पुस । सुनसरीको ईटहरी उपमहानगरपालिका-८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान  ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको ए एस ०७एसी ५६३३ नम्बरको ग्याँस बोक्ने एलपी ग्याँसकाे ट्रकले पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक बिराटनगरक. . .


महेन्द्र मोरङ क्याम्पसको ताला खुलेन, राष्ट्रपतिको कार्यक्रम विरोध की समर्थन ? यस्ताे छ कारण

विराटनगर, १८ पुस । राष्ट्रपति बिद्यादेबी भण्डारी बिहिवार बिराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । कलेजको अबस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पु. . .


नेपाल पत्रकार महासंघको साधारण सभाको तयारी, १० लाखको अक्षयकोष स्वीकृत

विराटनगर, १७ पुस । नेपाल पत्रकार महासंघ मोरङको १३ औ साधारण सभाको तयारी तिब्र पारेको छ । अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा साधारण सभा गर्न ५ वटा उपसमितिगठन गरेको छ । नेपाल पत्रकार महासंघले स्थापना गरे. . .


अनशन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीकाे एक साता अनशन स्थगित

ईलाम १८ पुस ।  सोह्रौं अनशन शुरू गर्न भन्दै इलाम पुगेका डाक्टर गोविन्द केसीले एक साताका लागि अनशन स्थगित गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले आफूसँगको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै केसीले अनशन स्थगित गरेका हुन् । 'संसद्को शिक्षा तथा स्वा�. . .


त्रिभुवन विश्वविद्यालयकाे हिउँदे र वर्षे विदामा परिर्वतन

काठमाडाै, १८ पुस ।  त्रिभुवन विश्वविद्यालयले विगतका बर्षहरुमा गर्दै आएको हिउँदे र वर्षे विदामा परिर्वतन गरेको छ । विगतका वर्षहरुमा त्रि. वि. ले हिउँदे र वर्षे विदा उपत्यका वाहिर क्रमशः १५ दिन र ३० दिन तथा उपत्यका भित्र क्रमशः ३० दिन र १५ दिन विदा दिँदै आएको थियो । त्रि. वि. ले स्नातकोत्तर तहमा सेमेष्टर प�. . .


मोरङ प्रहरीले बाँड्यो जाडोकालागि कम्बल, विराटनगरका ७६ जनाले पाए राहत

विराटनगर, १८ पुस । जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा कम्बल बितरण गरेको छ । बिराटनगर महानगरपालिका १५ को दुर्गा मन्दिरमा आर्थिक अबस्था कमजोर भएका नागरिक पहिचान गरी ७६ जनालाई कम्बल वितरण गरिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी ना�. . .


सुनवर्षीमा बिद्यालयलाई कम्प्युटर तथा खेलकुद सामाग्री वितरण

बिराटनगर पुष १८ , लायन्स लियो क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ रङ्गेलीद्वारा विरेन्द्र पब्लिकमावि सुनवर्षीमा कम्प्युटर तथा खेलकुद सामाग्री वितरण गरेको छ । कार्यक्रममा बिद्यालयलाई ३ थान कम्प्युटर र खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा लाईन्स डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक ग�. . .


विराटनगरमा क्यान इन्फोटेक २०१९ : डेल्टा टेकको आकर्षण डेल्टा सेल्स एप 

बिराटनगर पुष १८ , विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । डेल्टा टेकको आक. . .


सुनसरीका निरोजको १० लाख लुटियो,पछाडिबाट रडले हानेर लुटे

काठमान्डौ पुस १८। सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने निरोज घिमिरेको १० लाख नगद लुटिएको हो । बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा पुगेर खाजा खाँदै गर्दा ३ जनाको . . .


सिरहाका आठ पानी उद्योगमा शिलबन्दी, मापदण्ड पूरा नगरी सञ्चालनमा

लहान पुस १८। मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ . . .


भोजपुरमा कालाजारको खतरा , फेला परे बिरामी

भोजपुर पौष १८ , भोजपुर जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विष�. . .


भोजपुरमा यस्तो : ज्येष्ठ नागरिक र असक्तलाई सवारीसाधनमा छुट

भोजपुर, पुस १८ गते । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । छुटको व्यवस्था कार्य. . .