समाचार

विराटनगरको विकास निर्माणमा तीव्रता दिन ध्यानाकर्षण

बिराटनगर मङ्सिर ८ , नेपाली कांग्रेस नगर कार्यसमितिले विराटनगरको विकास निर्माणमा तीव्रता दिन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा गएको टोलीले कार्यकारी अधिकृत दीपक कोइरालाई नगरक्षेत्रको विकास निर्माण र नगरभित्रका समस्या समेटिएको बुँदागत ध्य. . .


मोरङमा ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान

बिराटनगर मङ्सिर ९ , जिल्ला कृषि विकास कार्यालय मोरङले यसपटक ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान गरेको छ । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत अनुदानमा कार्यालयले सो उपकरण प्रदान गरेको हो । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत दुई सयभन्दा बढीले पावर टिलरका लागि आवेदन दिएको कार्यालयले जनाएको छ ।. . .


दमक पब्लिक लाइब्रेरीमा प्रस्तावना तथा रिपोट लेखन तालिम शुरु

नगेन्द्रमणि न्यौपाने दमक | दमक पब्लिक लाइब्रेरीले आजबाट युवा हरुलाई लक्षित गरि ७ दिने प्रस्तावना तथा रिपोट राइटिङ लेखन सम्बन्धिको तालिम शुरु गरेको छ । दमक नगर पालिकाको सहकार्यमा शुरु भएको उक्त तालिमको दमक नगर पालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले उद्धघाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि �. . .


मोरङको डाइनियामा विद्युत चोरी गर्नेले कर्मचारीलाई कुटे

बिराटनगर मङ्सिर ९ , मोरङको रंगेलीमा खटिएका विद्युत प्राधिकरण रंगेलीका कर्मचारी कुटिएका छन् । हुकिङ नियन्त्रण गर्दै डाइनिया-९ मुस्लिम वस्तीमा पुगेका कर्मचारीलाई स्थानीयहरुले कुटेर लखेटेका थिए । उनिहरुको कुटाइबाट प्राधिकरणका इन्जिनियर अमरजीत चौधरी लगायतका कर्मचारी सामान्य घाइते भएका छन् । हुकिङ ग�. . .


लायन्सको एम्स कलेजमा रक्तदान कार्यक्रम

बिराटनगर मङ्सिर ९ , लायन्स क्लब अफ शुभम्को आयोजनामा बिराटनगरको एम्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी , प्राध्यापक तथा लायन्सका सदस्यहरुले रक्तदान गरेका थिए । बिराटनगरमा पछिल्लो केही दिन यता रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सं�. . .


बिराटनगरका ट्याङ्कर चालकको आन्दोलन रोकियो

बिराटनगर मङ्सिर ९ , बिराटनगरका ट्यांकर चालकले विगत तीनदिन देखि ढुवानी रोकेकोमा बिहीबारदेखि ढुवानी सुचारु गर्ने भएका छन् । उनिहरुले विभिन्न माग राखेर आन्दोलन गरेका थिए । उनिहरुले नेपाल आयल निगलका पदाधिकारीसंग भएको छलफलपछि ढुवानी सुरु गर्ने भएको हुन । आयल निगमका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले मज. . .


प्राज्ञिक विद्यार्थी परिषदको बैठक विराटनगरमा हुने

बिराटनगर मङ्सिर ९ , नेपाल प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिराटनगरमा हुने भएको छ । बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर १० , ११ र १२ गते समितिको बैठक विराटनगरमा हुने जानकारी दिएको छ । उक्त बैठकमा देशभरका प्राज्ञिक केन्द्रीय सदस्यहरु उपस्थित हु�. . .


विद्युत् चोरीको आरोपमा तेइस पक्राउ

लहान, ८ मङ्सिर । विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन् । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिङ्ग गरी बिधुत् चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनी. . .


आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

सोलुखुम्बु, मंसिर ८  सोलुखुम्बुको देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन। अपरान्ह ४ बजेतिर भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। आगालगी स्थानिय प्�. . .


‘ट्यालेन्ट’ हन्टबाट बिराटनगरका तीन क्रिकेटर छानिए

श्रीलंकामा डिसेम्बर ८-२२ सम्म आयोजना हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न देशब्यापी रुपमा आयोजना गरिएको ‘ट्यालेन्ट’ हन्ट कार्यक्रमको नतिजा आज सार्बजनिक गरिएको छ l काठमाडौँ, धनगढी, नेपालगंज, बिराटनगर, भैरहवा र कलैया गरि ६ ठाउँमा संचालन गरिएको ट्यालेन्ट हन्टमा सहभागी कर�. . .


दस वर्षपछि अनेमा संघको जिल्ला सम्मेलन हुने

बिराटनगर मङ्सिर ८ , नेकपा एमाले निकट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन हुने भएको छ । दस वर्षदेखि हुन नसकेको जिल्ला सम्मेलन यहि मङ्सिर १० र ११ गते हुनेभएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कोशीहरैचा नगरपालिका ३ स्थित जेसिज सामुदायिक भवनमा हुने भएको जानकारी आयोजकले दिएको छ ।. . .


बिराटनगरमा फेरि पेट्रोलियम पदार्थको अभाव

बिराटनगर मङ्सिर ८ , विराटनगर लगायत कोशी र सगरमाथा अञ्चलका जिल्लामा पुनः पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ । ट्याङकर चालकहरुले सोमबारदेखि पुनः ढुवानी बन्द गरेको हुनाले अभाव सृजना भएको छ । ट्याङ्कर चालकहरुले विभिन्न १५ वटा माग राखेर ढुवानी बन्द गरेका हुन । पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभाव�. . .