समाचार

बिराटनगरमा ठुलो परिमाणको अवैध घरेलु मदिरा नष्ट 

मोरङ, भाद्र १६, इलाका प्रहरी कार्यालय रानीले “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत आज ठुलो परिमाणको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १८ स्थित झटियाईमा १५ वटा घरबाट ३५ सय लिटर घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गर�. . .


लेटाङबाट भरुवा बन्दुकसहित एक पक्राउ

मोरङ, भाद्र १६, मोरङको लेटाङ नगरपालिका-८ स्थित मङ्गलबारे बजार बस्ने ४९ बर्षिय मंगल प्रसाद साव्देन लिम्बुलाई शुक्रबार १ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ। अस्थायि प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीको टोलीले उनलाई शुक्रबार विहान ३ बजेतिर पक्राउ गरेको हो। बन्दुकसहित पक्राउ परेका लिम्बुलाई इलाका �. . .


बिराटनगरमा भव्यताका साथ गणपति महोत्सब मनाइयो

बिराटनगर भदौ १५ , बिराटनगरमा बिगत १३ वर्ष देखि निरन्तर भइरहेको श्री गणपति महोत्सब यसपाली पनि भव्यताका साथ मनाइएको छ । यस पटकको कार्यक्रममा बिहारको सुपरस्टार पंकज मतवालाको कार्यक्रम रहेको थियो।  कार्यक्रममा भजन, डान्दिया , नितिया तथा मिमिकरीको कार्यक्रम गरिएको थियो । श्री गणपति महोत्सबको बिसर्जन शन�. . .


बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति

विराटनगर,  भदौ १५ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् । तीन सय १७ हेक्टरम�. . .


साइड नदिएको निहुँमा सुन्दरहरैचामा कुटपिटबाट बसका चालक घाइते

मोरङ, भाद्र १५, मोरङको सुन्दरहरैचा नगरपालिका-५ तिनपैनीमा बुधबार कुटपिटबाट बसका चालक घाइते भएका छन्। इटहरीबाट केराबारीतर्फ जादैगरेको को को १ ख १७०७ नम्बरको बसका चालक मोरङ केराबारी-७ बस्ने ४५ बर्षिय चन्द्र बहादुर लिम्बुलाई साइड नदिएको निहुँमा को ६ प ६२८३ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरप�. . .


झापामा पाँचवटा निर्वाचन क्षेत्र

झापा । निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको छ । जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० . . .


क्रिकेटर बिराट कोहलीको फ्यान क्लब बिराटनगरमा

बिराटनगर भदौ १४ , भारतीय चर्चित क्रिकेटर बिराट कोहलीको फ्यान संसारभर रहेका छन् । आकर्षक व्यक्तिव तथा लगातारको उत्कृट क्रिकेट खेलको कारण उनि निक्कै लोकप्रिय रहेका छन् । यस्तै नेपालको बिराटनगरमा पनि बिराट कोहलीका फ्यानहरु एकजुट भएका छन् । केहि बर्ष देखि फेसबुकमा सक्रिय   उक्त समुहले "इन्टरनेसनल बिराट �. . .


नेपालले बंगलादेशलाई हरायो

काठमाडौं, भदौ १३ गते नेपाली पुरुष भलिबल टोलीले मंगलबार भएको मैत्रीपुर्ण खेलमा बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले पराजित गरेको छ । ललितपुर लगनखेल स्थित आर्मीको कभर्ड हलमा नेपालको जितमा कुल बहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए । नेपालको जितमा हरि अधिकारीले १३,मानबहादुर श्रेष्ठले १२ र इम रा. . .


कान्तिपुर टिभीका पत्रकार खतिवडासंग आवर विराटनगरको अभिमुखीकरण

विराटनगर भदौ १३ , आफ्नो समुहको क्षमता विकासको निम्ति विराटनगरको ओबि मिडिया प्रालिले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कान्तिपुर टिभीका पत्रकार महाप्रसाद खतिवडासंग मिडियाको समुहले पत्रकारीता सम्बन्धि जिज्ञासा राखेका थिए । खतिवडाले कसरी फरक तरिकाले समाचार सम्प्रेषण गर्न सकिन्छ भनेर समुहला�. . .


सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

सोलुखुम्बु,  भदौ १३ गते  । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग�. . .


बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरणमा मेरिल्याण्ड कलेज

विराटनगर भदौ १२, धेरै तराईमा बसोबास गर्ने मानिसको लागि विनाशकारी रुपमा केही साता अघि आएको बाढीबाट प्रभावित मानिसहरुको लागि विराटनगर स्थित मेरिल्याण्ड कलेजले राहत वितरण गरेको छ । कार्यक्रम अन्तर्गत गुरुकुल मावि जतुवामा मेरिल्याण्ड कलेज तथा विद्यार्थीहरूको तर्फबाट २५६ जना छात्रछात्राहरूलाई शैक्ष�. . .


पानीमा डुबेर अढाई वर्षिया बालिकाको मृत्यु 

मोरङ, भाद्र १३, मोरङको रगेलीमा सोमबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर अढाई वर्षिया बालिकाको ज्यान गएको छ। रंगेली नगरापालिका ४ बस्ने दिपेन्द्र मण्डलको छोरी साक्षी कुमारी मण्डलको खेल्नेक्रममा आफ्नै घर पछाडी खाल्डोमा डुबेर ज्यान गएको हो। बालिकालाई घरका मानिसले पानीमा डुबेको देखेपछी उद्दार गरी उपचा�. . .