सर्लाही । प्रादेशीक अस्पताल मलंगवामा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न समिति गठन भएको छ । सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) संजीव कुमार सिंहले सरकारी सम्पत्ति निजी प्रयोजनका लागि प्रयोग गरेको भन्ने समाचार सार्वजनिक भएको. . .
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन् । उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्र�. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् ।मन्त्री पुनले सामाज�. . .
काठमाडौं । पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुनःनिर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएको तोडफ. . .
काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतित�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखा अनुसार अहिले देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँ. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यस पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्वलाई जीवन�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल�. . .
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधन. . .
विराटनगर । विराटनगर लगायत तराई मधेशमा हर्सोल्लाका साथ मनाइने छठपर्वको रौनक यति बेला विराटनगरको बजारमा देख्न सकिन्छ । शनिबारबाट सुरुभएको यो पर्व चार दिनसम्म विभिन्न विधि गर्दै छठ पर्व मनाउने चलन छ । विशेषगरी तराई जिल्लाको मोरङ, सुनसरी, झापा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सा लगायत काठमान्डौमा प�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेको रास्वपाका सदस्य गणेश पराजूलीले जानकारी दि�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सुरक्षात्मक तयारी सुदृढ पार्ने उद्देश्यले आईतबार संयुक्त कफ्र्यु पूर्व तयारी अभ्यास गरिएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम परिसर र वडा नं ३ मा रहेको प्रदेश प्रमुखको निवास अगाडि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब ४. . .