विराटनगर

ज्याम्बोरेट २०२५: विराटनगरमा तीन हजार स्काउटको भेला हुँदै

विराटनगर । विराटनगरमा आगामी माघ २५ देखि २८ गतेसम्म कोशी प्रदेशस्तरीय ज्याम्बोरेट-२०२५ आयोजना हुने भएको छ । डिग्री क्याम्पसको मैदानमा हुने यस भेलामा कोशी प्रदेशका २५ हजार स्काउट सदस्यमध्येबाट छनोट भएका तीन हजार स्काउटर सहभागी हुने छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल स्काउट कोशी प्रदेशका प्. . .


न्यूरो अस्पतालको कार्यबाहक विभागीय प्रमुखमा डा.खतिवडा

विराटनगर । न्यूरो सर्जरीमा एमसीएच गरेर बिगत तीन वर्षदेखि विराटनगरको चिकित्सा क्षेत्रमा सक्रिय डा. रोशन खतिवडा न्यूरो अस्पताल विराटनगरको कार्यबाहक विभागीय प्रमुखको रुपमा अनुबन्धित भएका छन् । छोटो समयमा विराटनगरमा आफ्नो छुट्टै पहिचान बनाएका डा. खतिवडाको उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभव उनको बल�. . .


विराट नर्सिङ होमले भित्र्यायो विशिष्ट न्युरोसर्जन

विराटनगर । विराटनगरको विराट नर्सिङ होमले विशिष्ट न्युरोसर्जन तथा न्युरो इन्टरभेन्सनलिस्ट डा. मोहन कार्कीलाई आफ्नो टिममा भित्र्याएको छ। माघ ७ गतेदेखि कार्यरत डा. कार्कीको औपचारिक स्वागत नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. निकिता कार्कीले खादा तथा मालाले सम्मान गरेका हुन् । नर्सिङ होमक�. . .


निरोसरी भन्छिन्–प्रचण्डले भक्का मात्रै खानु भएन, बैनी सम्बन्ध लगाएर जानुभयो

इशु पन्त विराटनगर । निलो ट्रयाकसुट, जाडो छल्ने टोपी र सेतो जुत्ता लगाएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्ड अगाडी आईपुग्दा निरोसरी राजबंशी एकछिन् के भनौ र कसो भनौ भइन् । उनी चुल्होमा आगो बालेर भक्का बनाउने सुरसार कसिरहेकी थिइन् । रापिलो आगो बलेको ठाउँमा प्रचण्डसँगै धेरै संख्याको  घ�. . .


विराटनगर जुनियर जेसीजको २९ औं टेस्टीटेस्टी क्विज बुधबारदेखि

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गर्ने २९ औं अन्तर विद्यालय टेस्टीटेस्टी क्विज प्रतियोगिता बुधबारदेखि सुरू हुने भएको छ। विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विराटनगर, इटहरी र तरहराका १८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ। पहिलो दिन�. . .


बाँसको टेकोमा त्रिपालको छानो, फुटपाथको व्यापारबाट डुमनीले जोहो गर्छिन् मानो

इशु पन्त विराटनगर । जतिसुकै जाडो भएपनि डुमनीदेवी साह विराटनगर–९ स्थित सिटी पाटी प्यालेस अगाडी बिहान–बिहानै आईपुग्छिन् । उनको यो बिहानको फुटपाथे व्यापार गर्ने किनेको ठाउँ हो । जसका लागि उनले मासिक दुई हजार बुझाएर सानो टेको लगाएको पसल बनाएकी छिन् । आलु चप ,ब्रेड चप ,भक्का र धुङ्ग्रेपापड उनका परिकार हुन. . .


विराटनगरमा पहिलो पटक “आईईसी डिजाइनर्स रनवे-१४” को अडिसन

विराटनगर । विराटनगरमा पहिलो पटक आईईसी डिजाइनर्स रनवे-१४ को पहिलो क्षेत्रीय अडिसनको आयोजना गरिरहेको छ। आईईसी कलेज अफ आर्ट्स एण्ड फेशनको २०२२ ब्याच, नेक्स्ट मोडल्स नेपालको संयुक्त आयोजना तथा रोनक फेशन एजेन्सीको व्यवस्थापनमा भएको कार्यक्रमले नेपालको फेशन क्षेत्रको विकेन्द्रीकरणमा महत्वपूर्ण भूमि�. . .


विराटनगर बजारमा सस्तियो हरियो तरकारी

इन्दु साह विराटनगर । विराटनगरको तरकारी बजारमा तरकारीको मूल्य सस्तिएको छ । मोरङ लगायत नेपालको विभिन्न जिल्लाबाट दैनिक तरकारी आउने विराटनगरको नयाँ गुद्रीमा तरकारीको मूल्य सस्तिएको हो । नयाँ गुद्रीमा दैनिक बिहानको समयमा होलसेलमा तरकारी खरिद गर्न खुद्रा व्यापारीको भीड लाग्ने गर्दछ । तरकारी व्यापारी�. . .


विराटनगरलाई सरसफाई मोबाइल एम्बुलेन्सका लागि रिक्सा

विराटनगर । विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको हो । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्. . .


विराटनगर शैक्षिक हब, राम्रा शिक्षालय यहि छन् : मेयर नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हवको रुपमा विकास भएको बताएका छन् । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको खेलसप्ताहलाई उद्घाटन गर्दै प्रमुख कोइरालाले राम्रा शिक्षालय यहिं स्थापना भएको बताएका हुन् । उनले एभरेष्ट जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बन्�. . .


विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ५ गते विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे-३ का २२ वर्षीय निकेश शिवा र १९ वर्षीय भिम दर्जीलाई एभिल-७ एम्पुल, लुपिजेसिक-५ एम्पुल, डाइजोपाम-५. . .


विराटनगरका अस्पतालमा जाडोबाट स्वास्थ्य समस्यामा परेका बालबालिका धेरै

इशु पन्त विराटनगर । जाडोमा स्वास्थ्य समस्याबाट मुख्य गरी बालबालिका, वृद्धवृद्धा तथा रोगीहरू प्रभावित हुन्छन् । विराटनगरका अस्पताल अहिले चिसोबाट सबैभन्दा बढी प्रभावित बालबालिका भर्ना हुने संख्या बढ्दो रहेको चिकित्सकहरु बताउँछन् । सुरक्षा अस्पताल विराटनगरमा दैनिक जस्तो ७/८ जना बालबालिका भर्ना हु�. . .