विराटनगर

विराटनगरमा महिलालाई नौमती बाजाको सुर–ताल भर्ने रहर

नवराज कट्टेल विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५. . .


विराटनगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने महानगरको लक्ष्य

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियानअन्तर्गत शिःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । अभियानअन्तर्ग�. . .


विराटनगरमा खुल्छन् बन्द हुन्छन् अस्पताल, चलाउन नसक्दा स्वामित्व हस्तान्तरण

इन्दु साह विराटनगर । विराटनगर–२ मा नेशनल किड्नी अस्पताल सञ्चालनमा आएको केहि समयपछि बन्दभयो । यसको स्वामित्व परिवर्तन गर्दै ओम वेलनेश अस्पतालमा रुपान्तरण भयो । दश शै्या क्षमताको अस्पताल अहिले सञ्चालनमा रहेको छ । यस्तै विराटनगर–७ मा खुलेको एम्स अस्पताल एण्ड क्यान्सर सेन्टर प्रा.लि. को पनि स्वामित्व प. . .


विराटनगरका जेष्ठ नागरिकलाई प्रहरी सेवा केन्द्र रानीद्धारा दुई सय २५ थान कम्बल वितरण

विराटनगर । जनतासँग समधुर सम्बन्ध स्थापित गर्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरले जाडोको समयमा विपन्न परिवारलाई जाडोमा कम्बल वितरण गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरको आयोजना तथा नेपाल प्रहरी श्रीमती कोशी प्रदेश संघको सहकार्यलाई शमित शारडा स्मृति प्रतिष्ठानले . . .


विराटनगरका एकहजार ६९१ घर ढल प्रणालीको हाउस चेम्बरमा जोडिए, चारसय घरमा ‘सक्सन मेशिन’ प्रयोग

विराटनगर । विराटनगरको फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र पूर्ण सञ्चालनमा आएको छ । यद्यपी परियोजना हस्तान्तरण भएको पाँच वर्षमा चार हजार ७२३ हाउस चेम्बरमा एक हजार ६९१ घरधुरी ढलमा जडान भएका छन् । जडान भएका घरको फोहोर पानी तथा ढल विराटनगर–१४ स्थित प्रशोधन केन्द्रमा पुग्न थालेको हो । विराटनगर–. . .


यसरी बन्नेछ केशलिया करिडोर, सौन्दर्यकरणसँगै सडक पूर्वाधारले जोड्दैछ ‘सेज’

विराटनगर । हरेक वर्षात्मा नागरिकको दुःख मानिएको केशलिया खोलालाई करिडोरको रुपमा विकास गर्ने योजना अगाडी बढेको छ । कोशी प्रदेश सरकारले केशलिया खोलाको अन्तिम बिन्दु रानीदेखि दुहबीको बुढीखोलासम्मको क्षेत्रलाई करिडोरको रुपमा विकास गर्न तयार अध्ययन प्रतिवेदन बिहीबार बुझेको छ । केशलिया–बुढीखोला करिड. . .


नदीलाई विनास होइन विकासका लागि अगाडी बढाउन अपरिहार्य छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडी बढाउनु अपरिहार्य रहेकाे बताएका छन् । केशलिया-वुढिखोला करिडोर निर्माणका लागि गरिएकाे विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने केशलिया वुढीखोला नदीको शौन्दर्यकरण एवं विका�. . .


नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश संघले विराटनगरमा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विराटनगरमा रहेको गोग्राहा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको हो । नेपाल प्रहरी श्र. . .


विराटनगर १८ बाट परालमा लुकाएर राखेको ४५ केजी गाँजा बरामद

विराटनगर । खेतमा रहेको परालभित्र लुकाई छिपाई राखेको ४५ केजी भन्दा बढी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालीका १८ झटियाई मुसरी टोल नयाँ बस्तीमा रहेको खेतमा राखेको परालभित्रबाट प्रहरीले ४५ केजी गाँजा बिहीबार बिहान बरामद गरेको हो । विशेष सुराकी पाएको आधारमा बुधनगर चौकीबाट खटिएका. . .


हजुरबुबा-आमासँग रहेकी बालिका बलात्कार आरोपमा मोरङको सुन्दरहरैंचामा घरधनी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार भईरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । बालिकाका बुबा विदेशमा रहेका छन. . .


भारतको अगरामा पदक ल्याउने कराँतेका ११ जना खेलाडीलाई विराटनगरमा सम्मान

विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ । विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने ९ जना र रजत पदक ल्याउने दुई जना गरी ११ जना कराँतेका ख. . .


राष्ट्रिय गौरवको आयोजनामा समेटिएको विराटनगर क्रिकेट रंगशालामा झाडी फाँडेर ‘क्लोज क्याम्प’

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौटका लागि मोरङको टोलिको ‘क्लोज क्याम्प’ विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भईरहेको छ । इलाम, झापा, मोरङ, सुनसरी र उदपयुर जिल्लाका टिमबीच प्रतिस्प्रर्धा गराएर प्रदेशस्तरीय टिम तयार पार्ने तयारी �. . .