विराटनगर

‘गुन्डानाइके’ अभिषेक गिरीलाई लगियो काठमाडौं

विराटनगर । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीमाथि अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । उनलाई सोमबार राति नै काठमाडौं पठाउने तयारी भइरहेको छ । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाएर गिरीलाई सीआईबीको जिम्मा लगाइने मोरङ प्�. . .


लेटाङमा घरको छतबाट २ थान कटुवा पेस्तोल बरामद

विराटनगर। लेटाङ नगरपालिकाको एक घरमा दुई पेस्तोल फेला परेको छ। मोरङको लेटाङ नगरपालिका–४ स्थित पुरानो बसपार्क नजिक रहेको लामो समयदेखि कोही नबस्ने घरको छतबाट २ थान कटुवा पेस्तोल बरामद भएको हो। आइतबार अपराह्न करिब ४ बजे बालबालिका खेल्ने क्रममा लामो समयदेखि प्रयोगविहीन रहेको स्थानिय रामलखन साहको एकतले . . .


कोशी अस्पतालको स्वामित्वमा बनेका संरचना हस्तान्तरण गर्न एक हप्ताको म्याद

सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन पुनः ७ दिने सूचना जारी गरेको छ। यसअघि जारी गरिएको १५ दिने सूचना असार २२ गते सकिए पनि संरचना खाली नभएपछि सरकारको निर्देशनअनुसार पुनः सूचना जारी गरिएको हो। कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार आइतब. . .


जेन्जी आन्दोलनमा ध्वस्त बनेको विराटनगरको भाटभटेनी असार २७ गतेबाट संचालनमा आउने

विराटनगर । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट झण्डै १० महिनापछि पुन सचालनमा आउने तयारी रहेको छ । २०८२ साल भदौ २४ गते भएको जेन्जी आन्दोलनमा तोडफोड तथा आगजनीबाट ध्वास्त भएको सुपरमार्केट पुन निर्माणपछि यही असार २७ गते शनिबार औपाचारीक रुपमा संचालनमा आउने तयारी छ । उक्त आगनजीमा एक प्रदर्शनकारीको स�. . .


मोरङ उद्योग व्यापार संघद्वारा बहिरा क्रिकेट खेलाडीलाई जर्सी सहयोग

विराटनगर । मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरूलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ। मोरङ बहिरा क्रिकेट संघको आयोजनामा हुन लागेको चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले संघले ३० थान . . .


विराटनगरमा ‘कोरा च्यालेन्ज २०२६’ को तयारी, १५० जना सहभागी लिइने

विराटनगर आगामी जुलाई १८ मा फेरि एकपटक ऊर्जा र उत्साहले भरिने भएको छ। ‘कोरा च्यालेन्ज २०२६’ ले यसपटक केवल साइकलिङ मात्र होइन, सामाजिक जिम्मेवारीको सन्देश बोकेर सडकमा गुड्ने तयारी गरेको छ। नेपालकै सबैभन्दा ठूलो परोपकारी साइकलिङ अभियानका रूपमा परिचित कोरा सन् २०११ देखि वातावरण संरक्षण, दिगो यातायात र �. . .


कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित सरकारी जग्गा तत्काल खाली गराउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ कोशी अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले अस्पतालको स्वामित्वमा रहेको स�. . .


अभिषेक गिरी कनेक्सनका सन्जय मण्डल, सहकारीको रकम अपचलन गरे–कार्यालय सहयोगी फसाए

विराटनगर । मोरङ कारागाराका कैदीबन्दीले पाउने सुविधा असुल गर्दै आएका अभिषेक गिरी र उनको ग्याङमा रहेकामध्ये सन्जय मण्डलले कटहरी–२ को एक परिवारलाई बसाँई सर्न बाध्य बनाएका छन् । स्थानीय नवआदर्श बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका मण्डल तथा अन्य सञ्चालकले सहकारीमा आफ्नो राँईदाई चलाएर अपचलन भएको रकम �. . .


विराटनगरका सन्देश कटुवाल लुम्बिनी लायन्सको सीईओ नियुक्त

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विराटनगरका युवा सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत कटुवाललाई औपचारिक रूपमा स्वागत गर्दै उनको नियुक्तिको घोषणा गरेको हो। लुम्बिनी लायन्सले उनको नेतृत्व�. . .


फर्किए गृहमन्त्री सुधन गुरुङ, विराटनगरदेखि धनकुटासम्म के–के गरे ?

सोनु साह विराटनगर । गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको निरीक्षण भ्रमणपछि फर्किएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओर्लिएका उनी दिनभर गृहमन्त्रालय मातहतका कार्यालयहरुको निरीक्षणमा जुटे । त्यसपछि साँझ सुनसरीतर्फ लागेका थिए । आइतबार धरानमा उनले पुराना इष्टमित्रदेखि सेभ घोपाका अभियन्ताहरुसँग घ. . .


पत्रकारको परिचयपत्र बोकेर लागुऔषध सेवन गर्ने दुई युवक विराटनगरमा पक्राउ

विराटनगर । पत्रकार भएको परिचय दिँदै लागुऔषध सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकबाट विराटनगर–१ निवासी ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ निवासी राहुल सरदारल. . .


कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारी, मन्त्री मेहताद्वारा सेवा सुधारका लागि निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गर्नुभएको छ। हाल अस्पतालबाट सञ्चालन हुँदै आएको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तय�. . .