विराटनगर

साउनको तेस्रो सोमबार विराटनगरका शिवालयमा श्रदालुको घुँईचो(फोटो फिचर)

विराटनगर । विराटनगर १२ स्थित श्री सिद्वेश्वर महादेव मन्दिर र १३ स्थित श्री मनोकामेश्वर मन्दिरमा भक्तजनहरु पुजा गर्दै । आज साउनको तेस्रो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको तेस्रो सोमबारमा भक्तजनहरु शिव मन्दिरमा गई पूजा आराधना गरिरहेका छन् । सा�. . .


एकवर्षमा विराटनगर महानगरको इन्धन खर्च ८६ लाख, सवारी मर्मतमा ५० लाख

विराटनगर । विराटनगर महानगरपालिकाले इन्धन र सवारी मर्मतमा गरेको खर्च आशंकापूर्ण देखिएको छ । महानगरपालिकाले निजी इन्धन व्यवसायीसँगको मिलेमतोमा खपत नै नभएको इन्धनको बील बनाएको आशंका उब्जाएको हो । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनमा एकवर्षमा ८६ लाख ६७ हजार १०५ रुपैँया इन�. . .


विराटनगर महानगरपालिकाबाट मृतकका नाममा सामाजिक सुरक्षा भत्ता निकासा

विराटनगर । व्यक्तिगत घटना दर्ता प्रभावकारी नहुँदा विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत सामाजिक सुरक्षा भक्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७÷२०७८ को प्रतिवेदनले विराटनगर महानगरपालिकाले मृतकका नाममा समेत रकम भुक्तानी गरेको देखाएको हो । विराटनगर महानग�. . .


मोरङमा २० हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ता,प्रहरीले विशेष अभियान चलाउने

विराटनगर । मोरङमा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मुद्दा बढेपछि प्रहरीले यसको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान चलाउने भएको छ । युवा उमेर समूहका कुलतको लतमा फसेर अपराधिक क्रियाकलापहरूमा संलग्न हुने गरेको पाइएपछि मोरङ प्रहरीले लागूऔषधको रोकथाम र नियन्त्रणको लागि विशेष अभियान चलाउने भएको हो ।. . .


खुशियालीको लागि हरियाली

विराटनगर । पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर वन प्राविधिक समूहद्वारा आज यहाँ आयोजित वृक्षारोपण, अन्तरक्रिया तथा सम्मान �. . .


रंगेलीमा रहेको एकिकृत कृषि वन परियोजना मुख्यमन्त्री राईद्धारा उद्घाटन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समुदायमा सचेतना अभिवृद्धि भएसंगै नीजि वन स्थापनाले प्राथमिकता पाएको बताउनुभएको छ । ईस्टर्न स्टार कृषि सहकारी संस्थाले सञ्चालन गरेको एकिकृत कृषि वन परियोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नीजि वनले वातावरणमा पनि सहयोग पुग्ने र नागरिकलाई स. . .


महिलाहरुलाई आत्मनिर्भर बनाउन विराटनगरमा २ दिने माइक्रोब्लाडिङ सम्बन्धी तालिम

विराटनगर । व्युटिपालर संचालन गरेर आफ्नो व्यावसाय संचालन गर्दै आएका सौन्दर्यकर्मी महिलाहरुका लागी विराटनगरमा २ दिने निशुल्क तालिम सुरु भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरको आयोजना तथा प्रदेश र केन्द्रियको समन्वयमा २ दिने तालिम आईतबारबाट सुरु भएको हो । विराटनगरको कंचनजङ्गा पार्ट�. . .


वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा विराटनगरका संग्रौला नियुक्त

विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.सूर्य संग्रौला नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्क. . .


विराटनगरको लाईफ गार्ड अस्पतालले स्वास्थ्य बीमा निरन्तर संचालन गर्ने

विराटनगर । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन गर्ने भएपछि निजी अस्पतालहरुले स्वास्थ्य सुविधा कार्यक्रम सकिएको बताएका छन् । विराटनगरका अधिकांश अस्पतालहरुले स्वास्थ्य बिमा सुविधा हटाएको घोषणा गरेपनि पनि लाईफ गार्ड अस्पतालले यसलाई निरन्तरता दिने �. . .


विराटनगरको जनता क्याम्पसमा ‘एमएसडब्लु र एमएड’का शैक्षिक कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले कला र शिक्षा संकायमा स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएको छ । क्याम्पसले सामाजिक कार्य विषयमा (एमएसडब्लु) र शिक्षाशास्त्र संकाय अन्तर्गत एमएडको स्नातकोत्तरको अध्यापन सुरु गर्ने भएको हो । आगामी असोजदेखि पढाई स. . .


झोराहाट नाट्य समूहमा चारजना स्रष्टा प्रस्तुत

विराटनगर । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् । साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र. . .


मोरङमा ८४ प्रतिशत पुँजीगत खर्च

विराटनगर । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु.५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु.६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पा�. . .