इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा बिहीबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । यस. . .
इटहरी । इटहरी उप–महानगरपालिकामा बजार अनुगमनलाई तीव्रता दिईएको छ । चाडपर्व नजिकिएसँगै उप–महानगरले बजार अनुगमनलाई तीव्रता दिएको हो । बिहीबार उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी . . .
कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले कानेपोखरी र उर्लाबारीका दुई सामुदायिक विद्यालयका तीन जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो । उर्लाबारी ९ मा रहेको सार्व. . .
विराटनगर । मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । प्रदेश राजधानी विराटनगरसहित जिल्लाभर एक हजार ४०० प्रहरी परिचालन गरि सुरक्षा योजना कार्यन्वयनमा ल्याईने भएको हो । प्रहरीले सीमामा हुने चोरी–तस्करीमा कडाई गर्दै शहरमा हुनसक्ने अवाञ्छित गतिविधिको विशेष सुरक्षा निगरानी. . .
विराटनगर । सरकारले स्रोतमै कर संकलन गर्ने व्यवस्था गरेपनि सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका स्थानीय तहले कवाडी तथा निकासी कर असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । औद्योगिक क्षेत्र अन्तर्गतका सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा र कटहरी गाउँपालिकाले ढाट कसेर कवाडी तथा �. . .
ईटहरी । स्मारिका थुलुङ राई सुनसरीको इटहरीमा रहेको विराट न्युज नेटवर्कद्धारा सञ्चालीत विराट टेलिभीजनले प्रथम मिडिया कप फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ असोज २२ गते देखि २६ गतेसम्म इटहरीको रगंशालामा सो खेल हुने भएको हो । प्रतियोगितामा प्रदेश १. . .
भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवालला�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुट�. . .
विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगको मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ . . .
कानेपोखरी । मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति प्रकाशित. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पा�. . .
विराटनगर । झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी . . .