पुर्व

२४ घण्टामा तीनको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टा भित्र विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ३ का पुरुषको नोबेल मेडिकल कलेजमा, मोरङको रतुवामाईका संक्रमितको विराट नर्सिङ होमबाट डिस्चार्ज भएर घर जाने क्रममा र सिरहाका संक्रमितको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ बुद्. . .


प्रदेश १ मा ४५० मेगावाट जलविद्युतको वातावरणीय प्रभाव मूल्याङ्कन सुरु

कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ ।. . .


प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताउनुभयो । उहाँले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताउनुभयो । विद्यालय शिक्षाको शैक्षिक गुणस्त. . .


सर्पदंशका बिरामीलाई झारफुक गर्न थालेपछि धेरैको ज्यान गयो

ताप्लेजुङको फक्तताङलुङ गाउँपालिका—५ तापेथोककी धनमाया मावो गत असारको अन्तिम साता घर नजिकैको सुङ्गुरको खोरमा झार उखेल्दै हुनुहुन्थ्यो । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । त्यसपछि श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल हिँडेर धामी (फेदाङ्वा. . .


विश्वव्यापी बजारमा छालाको मूल्यमा निरन्तर गिरावट आएपछि तयारी वस्तु उत्पादन गर्दै नेपाली उद्योगी

विराटनगर । अन्तराष्ट्रिय बजारमा छालाको माग र मूल्यमा निरन्तर मन्दि आएपछि नेपाली उद्योगीले तयारी वस्तु उत्पादनमा लगानी बढाएका छन् । मूल्यमा ह्रास आएसँगै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले छाला निकासी रोकेर तयारी वस्तु उत्पादनमा लगानी बढाएका हुन् । अन्तराष्ट्रिय बजार मूल्यमा आएको गिरावटले न�. . .


झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीम�. . .


विराटनगरमा आज २२५ जना सहित प्रदेश १ मा ६५४ संक्रमित थपिए, ९ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण स�. . .


प्रदेश सरकारद्वारा स्थानीय तहलाई प्रहरी भेन र बारुणयन्त्र हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका ११ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १–१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गर्नु भएको हो । �. . .


अस्पतालमा भर्ना भएका सातजना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा साात जनाको मृत्यु भएको छ । विराटनगरमा थप दुई जना र वीपीमा दुईजनाको बिहीबार मृत्यु भएको हो । बुधबार राति कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा सुनसरीको धरानका एक संक्रमितको मृत्यु भएको थियो । यस्तै विराट नर्सिङ होम एवं विराटनगर अस्पतालम�. . .


प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ : मुख्यमन्त्री राई

प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्र�. . .


मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताउनुभयो । उहाँ घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि . . .


डराइ–डराइ पर्यटकको सेवा गर्छन् पुर्वका पर्यटन व्यवसायी

कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी पर्यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई त यतिबेला पर्नु पीर परेको छ । गएको चैत पहिलो साताबाट बन्द भएका यहाँस्थित सूर्योदय नगरपालिकास्थित अन्तुका व्यवसायीलाई पनि यही पीडा . . .