पुर्व

झापामा ब्राउनसुगर र उदयपुरमा सालकको खबटासहित तीनजना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दीवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ ग�. . .


प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ । प�. . .


सुनसान छ विराटनगरको सिंघिया

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिकाको सिंघिया खोलामा विशेष तामझामका साथ मनाइदै आएको छठ पर्व यस वर्ष सुनसान देखिएको छ । कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले सूचना जारी गर्दै खोलामा भिडभाड बढी हुने भएकाले छठ पर्व नमनाउन अनुरोध गरेपछि यसवर्ष सिंघिया सुनसान बनेको हो । प्रशासनले �. . .


विराटनगरका उद्योगी राउत महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । प्रदेश १ बाट राउतको मात्रै उमेद्वारी परेपछि बिहीबार उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो । राउतको उमेद्वारी दर्तापछि अन्य प्रतिस्प्रर्धी कसैले पनि उमेद्वार. . .


छठका ब्रतालुका लागि नहरमा पानी छोडियो, साजसज्जा सुरु

विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको नहरमा पानी छोडिएको छ । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा ब्रतालुले नहरको पानीमा डुबेर सुर्यको उपसना गर्दै आएका थिए । कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि भीडभाड नगर्न भन्दै सुनसरी र मोरङ प्रशासनको आग्रहमा नहरको पानी आयोजनाले बन्द गरेक�. . .


सीमा क्षेत्रमा थपियो प्रहरी जनशक्ति

विराटनगर । सीमापार भारतीय बजार जोगबनीबाट उपभोग्य सामाग्री खरिद गरेर अवैध रुपमा नेपाल भित्र्याउँने समुहलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार थप प्रहरी जनशक्ति परिचालन गरेको छ । बुधबार आवर विराटनगरमा भिडियोसहितको समाचार सामाग्री प्रकाशित भएपछि प्रहरीले बिहीबार थप प्रहर�. . .


सुनसरी बराह क्षेत्रबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र–७ बोराबाधबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती ट�. . .


प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको छ । अनलाइन कक्षाले �. . .


टेम्के डाँडामा चिण्डो आकारको भ्यू टावर बन्ने

भोजपुर र खोटाङको सीमानामा अवस्थित टेम्के डाँडामा भ्यु टावर निर्माण हुन् लागेको छ । टेम्के डाँडामा किराँत राईहरुको पहिचान जोडिएको चिण्डो आकारको भ्यू टावरको निर्माण हुन लागेको हो । तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएक�. . .


सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

अधिक रक्तश्रावका कारण बिरामी पर्नुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना हुनुभएकी कविताको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर राजधानी का�. . .


मोरङको धनपालथानको नमूना सहकारीले सर्वसाधारणको ८ करोड डुबायो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको आठ करोड रुपैँया हिनामिना गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । लामो समयदेखि संस्थाका पाँचजनाको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको स्थानीयले आरोप लगाए. . .


विर्तामोडमा दुर्घटना हुँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प�. . .