बिराटनगर असार २७ , लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो । ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये ३२ वटा ढोका खोलिएको छ । प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थ�. . .
सप्तरी, असार २७ गते । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरि. . .
लहान, असार २७ गते । लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन ज�. . .
सुनसरी, २७ असार । तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ। पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ। शुक्रबार बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसे�. . .
धरान, २७ असार । । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्राडा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ रौनियारलाई विश्वविद्यालयको कार्यालय परिसरमा रहेको उपकूलपतिको निवासबाटै घुससहित रंगेहात पक. . .
सुनसरी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सुनसरी मोरङ औद्योगिक करिडर क्षेत्रअन्तर्गतको इटहरी सोनापुर खण्ड डुबानमा परेको छ। सो क्षेत्र हुँदै बग्ने टेङ्ग्रा खोलामा पानीको निकास नहुँदा खोलाको पानी औद्योगिक क्षेत्रमा पस्दा दर्जनबढी उद्योग प्रभावित भएका छन्। इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ �. . .
उदयपुर,२६ असार। उदयपुरको भित्री मधेसमा नगदे बालीका रुपमा चिनिने आँप उत्पादनमा यस वर्ष कमी आएको छ। एक वर्ष फल्ने अर्को वर्ष नफल्ने आँपकै विशेषताले आँप उत्पादनमा कमी आएपछि बजारमा मूल्यसमेत आकाशिएको छ। आँप उत्पादनमा कमी भएपछि मूल्य बढेको गाईघाटमा बर्सेनि यसै सिजनमा आँप बेच्दै आएकी विना चौधरी बताउँछिन�. . .
सुनसरी, २६ असार । धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ । सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहताको शिशु चोरी गर्ने दुईजना पक्राउ गरेका हुन् । यस्तो छ घटना प्रकृती स�. . .
इटहरी, २६ असार । इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन । स्थानिएका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछ�. . .
झापा २६ असार । चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो । मोरँग रतुवामाई १ का गोल्छा महतोका . . .
चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट ४ अर्बभन्दा बढी मूल्यको तरकारी आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष ८ करोड मूल्यभन्दा बढीले आयात भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड मूल्�. . .
काठमाडौ, २६ असार । बाढी पूर्वानुमान महाशाखाले आज देशैभरीका नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । बिहिबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै नदीहरु बढ्दो क्रममा रहने भएकाले जोखिम रहेको जनाएको हो । आज बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दुधकोशी, सुनकोसी, कमला र बागमती त. . .