पुर्व

स्थानीय निर्वाचन : पहिले बहिष्कार, अहिले माग

सोलुखुम्बु, २२ साउन । स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् । ‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ�. . .


उपमेयर कपको फाइनलमा पारिजात, सुस्मिताको ह्याट्रिक

झापा, २२ साउन । झापाको शिवसताक्षीमा जारी एक नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबलको मंगलबारको खेलमा पारिजात महिला एफसी सालबारी फाइनलमा प्रवेश गरेको छ। सुस्मिता लेप्चा मैदानमा चम्किँदा पारिजात प्रतियोगिताको अन्तिम दुईमा पुगेको हो। पारिजातले कनकाई नगरपालिकाको सुरुङ्गा महिला एफसीलाई ३–० को गोलल�. . .


कोसी सम्झौता : ६५ वर्षसम्म पनि कार्यान्वयन भएन, पीडितले पाएनन् ४९ हजार बिघाको मुआब्जा

सुनसरी, २२ साउन ।  ६५ वर्षअघि सप्तकोसी नदीमा पुल र बाँध निर्माण गर्न नेपाल-भारतबीच भएको सम्झौता कार्यान्वयन नहुँदा सप्तरी, सुनसरी र उदयपुरका हजारौं किसान पीडित छन्। सम्झौता कार्यान्वयन गरी किसानको समस्या समाधान गर्न भारत तयार रहे पनि नेपाल सरकारले नै सार्थक पहल गर्न नसकेको आरोप लाग्दै आएको छ। सम्झौ�. . .


बिपी उपकुलपतिः १ करोड २८ लाख विगो, ४८ लाख धरौटीमा रिहा

काठमाडौं, २२ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा. डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। मंगलबार विशेष अदालतका न्यायाधीयश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले रौनियारलाई धरौटीमा छोड्न आदेश दिएको हो। विशेषले रौनियारलाई ४८ �. . .


पोखरीमा डुबेर झापामा बालिकाको मृत्यु

झापा,  २१ साउन । पोखरीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूको १४ महिनाकी छोरी साखिम लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मंगलबार दिउँसो �. . .


उदयपुरमा खोलामा नुहाउन गएका नीरबहादुर श्रेष्ठको डुबेर मृत्यु

उदयपुर साउन २१ ,  उदयपुरको त्रियुगा खोलामा मंगलबार बिहान डुबेर एक वृद्धको ज्यान गएको छ। अत्याधिक गर्मीका कारण खोलामा नुहाउन गएका त्रियुगा नगरपालिका- ६ का ६४ वर्षीय नीरबहादुर श्रेष्ठको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरकाअनुसार जलजले-शुकौरा सडकखण्. . .


अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बत�. . .


लेटाङमा आगलागी हुँदा २ घर जलेर नष्ट , आगो पूर्ण रुपमा नियन्त्रणमा

भूमिका पाख्रिन लेटाङ साउन २१ लेटाङ नगरपालिकाको वडा नं. ६ घुम्ती स्थित मेष बहादुर विकको भान्सा घरबाट सल्किएको आगोले छिमेकी चन्द्र माया मगर र भक्त राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार विहान करीब ४ बजे विकको घरको विद्यतु सर्ट भई आगलागी हुँदा करीब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्याल�. . .


भोजपुरमा सम्बन्धविच्छेदका ९९ मुद्दा, पुरुषका तर्फबाट ३६

भोजपुर साउन २१ भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन् । छत्तीस मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्�. . .


पूर्वमा क्यानाडा पठाई दिन्छु भन्दै ठूलो संख्यामा युवा युवतीलाई ठग्ने रामबहादुर समातिए

बिर्तामोड साउन २१ , क्यानाडा पठाई दिन्छु भन्दै ठूलो संख्यामा युवा युवतीलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले मोरङको उर्लाबारीका रामबहादुर खड्कालाई पक्राउ गरेको छ । खड्काले आफू क्यानाडाको स्थायी वासिन्दा भएको र वुवा विरामी भएर नेपाल आएको बताउँदै रकम संकलन गरेका थिए । आफु केही दिनमै �. . .


झापाबाट बेपत्ता भएका दिदी बहिनी भारतको पूर्णियामा फेला, आजै नेपाल फर्काईने

झापा २० साउन । गत साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी . . .


धरानको सेउती पुल छेउ भारतीय एम्बुलेन्स पल्टियो

विराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ । बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्�. . .