अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .
भोजपुर, २८ असार । लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसे. . .
हिमाल दाहाल , इटहरी असार २८ । भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम. . .
हिलिहाङ, असार २८ गते ।पहिरोका कारण अबरुद्ध मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ः०० बजेबाट एकतर्फी खुलेक�. . .
झापा असार २८। तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीम. . .
झापा, असार २८ । झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । दमक नगरपालिका–१० स्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की पुनम न्यौपानेकी ६ वर्षीया छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो । उनलाई घरनजिकैको भालुखोलाको ‘कल्भर्ट’को पानीम�. . .
सुनसरी, असार २८ । अविरल बर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहे�. . .
भोजपुर, असार २८ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पह�. . .
इटहरी असार २८ , सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो। यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ। . . .
काठमाडौँ असार २८ , लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको छ । महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम अन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको नेपाल. . .
विराटनगर, २८ असार । प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल राउण्डमा धरान र झापा विजयी भएका छन् । धरानको बीपी कोइराला प्रतिष्ठानको १ नम्बर फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ गोल अन्तरले पाखा लगायो । धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राई�. . .
भोजपुर, २८ असार। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट हटिया बजार हाराहारी ६ सय मिटर मात्रै टाढा छ । बिहानैदेखि झरी परेकाले हटियामा सागसब्जी बेच्नेको पातालो उपस्थिति थियो । यहाँ हप्ताको दुई दिन हाट बजार लाग्ने भएकाले यो ठाउँको नाम नै हटिया हुन गएको हो । हाटबजारमा हरियो तरकारीको व्याप�. . .