पुर्व

विप्लवका इलाम सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ

झापा, २० चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।  उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेक�. . .


पूर्वराजा ज्ञानेन्द्र प्रदेश नम्बर १ का विभिन्न जिल्ला घुमघाममा व्यस्त

इलाम , पूर्वराजा ज्ञानेन्द्र प्रदेश १ का विभिन्न जिल्ला घुमघाममा व्यस्त भएका छन् । झापाको दमकबाट आइतबार इलाम आएका शाह सोमबार दिउँसो पाँचथरतर्फ गएका छन् ।   इलाममा आइतबार साँझ उनी आउँदा स्थानीयले स्वागत गरेका थिए । राजाको पक्षमा नारावाजीसमेत गरेका स्थानीय साँझ अबेरसम्म होटल परिसरमा बसेका थिए । सद�. . .


नेपालको दोस्रो ठूलो कारागार सुनसरीको झुम्का कारागार सुधार गृहका रूपमा परिचित बन्दै

इटहरी — सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागार पछिल्लो समय सुधार गृहका रूपमा परिचित बन्दै गएको छ । नेपालको दोस्रो ठूलो कारागार भए पनि केही समय अघिसम्म कारागारको अवस्था दयनीय थियो । पछिल्लो समय यसको अवस्थामा भने सुधार आएको छ । कारागारमा कैदीबन्दी कोही पुस्तकालयमा पत्रपत्रिका पुस्तक पढ्द�. . .


पाँचथरमा जब ज्ञान दिने शिक्षक नै बलात्कारी बनेपछि ….

फिदिम, चैत २० गते । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौध�. . .


 संखुवासभाको पाँपखनमा चट्याङ लागेर दुई जनाको मृत्यु

संखुवासभा, २० चैत । संखुवासभाको पाँपखन नगरपालिका-९ सुनार गाउँमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । असिना पानिसंगै परेको चट्याङले लागेर स्थानीय ४० बर्षीया सिता वि.क. र ५० बर्षीया सुकुमाया लिम्बु गम्भिर घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्�. . .


झापामा पहिलोपटक ऐलानी जग्गाको लगत सङ्कलन गर्न शुरु

भद्रपुर, चैत २० गते । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार ब�. . .


बारा र पर्सामा अस्तव्यस्त जनजीवन सामान्य बन्दै , पीडितको प्राथमिकतामा खाना, नाना र छाना

नारद गौतम काठमाडौंँ, चैत २० गते । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मङ्गलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्त�. . .


मौसम जानकारी : पुर्वमा आज मौसम आंशिक बदली हुने , वर्षाको पनि सम्भावना

काठमाडौं चैत्र २० । आज देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक  तथा  सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आंशिक बदली हुने जनाइएको छ । देशको पुर्वी र मध्य भूभागका केही स्थान तथा पश्चिमी  भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको . . .


संखुवासभा सभापाेखरीकाे प्राईम बैंकमा आगलागी, ७ लाख बराबरको क्षति

संखुवासभा, १९ चैत। संखुवासभाको सभापोखरी गाउँपालिका-६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा  ७ लाख मूल्य बराबरको क्षति भएको छ । आज विहान   सोही स्थान बस्ने बिकास तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर-२ थान, प्रि. . .


इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको शिलान्यास

झापा, चैत्र १९ गते । प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रम. . .


इलाममा यसवर्ष चियाको पहिलो यामको उत्पादन उत्साहजनक, किसानमा उत्साह

इलाम, चैत १९ गते । दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो । पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अ. . .


खोटाङमा दुधकोशी नदीले बगाएर पौडी खेल्न गएका एक जना बेपत्ता

खोटाङ, चैत्र १९ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिका-डेम्लिटार चुच्चे भन्ने स्थनानमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । दिउँसो एक बजे दुधकोशी गाउँपालिका-४ बस्ने बर्ष २५ को भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्�. . .