इनरुवा, जेठ २५ गते । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उहाँ ३१ बर्षको हुनुहुन्थ्यो । करेन्ट लागेर गम. . .
विराटनगर, २४ जेठ । सुनसरीको कोशी गाउँपालिकामा डुबेर एक युवकको ज्यान गएको छ। कोशी गाउँपालिका ३ बस्ने २२ वर्षीय सञ्जय यादवको कोशी गाउँपालिका ५ कोशी कटान क्षेत्रको नहरमा पौडी खेल्नेक्रममा दिउँसो डुबेर ज्यान गएको हो। बिहिबार दिउँसो साथी भरत पराजुली, विक्की गोश्वानीसँगै पौडी खेल्ने क्रममा डुबेर घाइते भ�. . .
इटहरी,२४ जेठ । व्यक्ति कुटपिट तथा जग्गा विवादमा पक्राउ परेका तरहराका सिजन गुरूङलाइ प्रहरीले पुनः म्याद गरेर अनुसन्धान अघि बढाएकाे छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरूण दल सुनसरी सभापतीसमेत रहेका गुरूङलाइ जेठ ११ गते प्रहरीले पक्राउ गरेकाे थियाे । यस अघि उनलाइ दुइ पटक म्याद थपिसकेकाे छ । इलाका. . .
ओखलढुंगा, जेठ २४ । ओखलढुंगामा बिहीबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोस�. . .
बिराटनगर जेठ २४ , नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आ�. . .
राजविराज जेठ २४ । सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्न. . .
सुनसरी, २४ जेठ । सुनसरीको ईटहरीबाट लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ८ का सुर्यमणी राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद बिक्रि भई रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध बेच्ने चौधरीसहित खरिद गर्ने ईटहर�. . .
झापा, जेठ २३ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित पुरानो भद्रपुर रोडमा एक करोडभन्दा बढीको लागतमा ढल निर्माण गर्न थालिएको छ । एक करोड ४० लाख ६९ हजार ४०२ रुपैयाँको लागतमा ९८० मिटर लामो ढल निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष युवराज दाहालले जानकारी दिए । ढल निर्माणका लागि नगरपालिकाले एक करोड बजेट उ�. . .
इनरुवा, जेठ २३ गते । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिनुभयो । रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आ�. . .
राजविराज, जेठ २३ गते । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ । राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नु�. . .
काँकडभिट्टा, जेठ २३ गते । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिल�. . .
उदयपुर, जेष्ठ २३ गते। उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीले जुवाको खालबाट प्रहरीले तास र नगद तीस हजार नौ सय पैसठ्ठी �. . .