पुर्व

बेलबारीमा बिद्युत सर्ट भई आगलागी, तीन लाख बराबरको धनमाल क्षति

मोरङ, जेष्ठ २० गते। मोरङको बेलबारी नगरपालिका ८ बुधबारे बस्ने कुमार थापाको घरमा शनिबार साँझ बिद्युत सर्ट भई आगलागी भएको छ। आगलागीबाट थापाको काठ र टिनले बनेको दुई तले घर, घरभित्र रहेको लत्ताकपडा,भाँडाबर्तन, अन्नपातहरु जल्दा अन्दाजी तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ। साँझ ५ बजेतिर भएको आगला�. . .


ईटहरीस्थित बुढी खोलामा डुबेर युवतीको मृत्यु 

सुनसरी, जेष्ठ २० गते। ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा भङालोले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ। इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। लिम्बुसंगै नुहाउन गएकी ईटहरी-१० बस्ने रविना राई र श्रृजना गुर. . .


नेपाल भारत सीमा सुरक्षा बैठक झापामा

विराटनगर, २० जेठ । नेपाल भारत सिमा क्षेत्र सुरक्षा अधिकारीको बैठक आज झापामा शुरु हुँदैछ । नेपाल तफृबाट मोरङ ,सुनसरी र झापामा सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा नापी र सहरी विकासका अधिकारीहरुको सहभागीता रहने छ भने भारतको अररिया, किसनगन्ज र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिती रहने छ । �. . .


करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

झापा, २० जेष्ठ । झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर बालिकाको ज्यान गएको छ। कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको टेबुल पंखाबाट करेन्ट लाग्दा ज्यान गएको हो। आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिईन। बालिकालाई उपचार�. . .


सुनसरीको इटहरीमा प्रहरी र स्थानीयबीच झडप, ७ जना घाइते

सुनसरी, १९ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मुसहर टोलस्थित सुकुम्वासी बस्तीमा प्रहरी र स्थानीयबीच शनिबार झडप भएको छ । मुसहर टोलमा सुकुम्वासीका लागि लक्षित गरी बनाइएको सामुदायिक भवन प्रहरीले भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गर्दा झडप भएको छ । जिल्ला अदालत सुनसरीले सार्वजनिक जग्गा. . .


काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि

ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि  पाँच हजार ३३० भाडादर रहेकामा अहिले  एक हजार ८६५ बढाएर  सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएक�. . .


सुन्दरहरैँचामा आज बिहान पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मोरङ, जेठ १८ गते । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो । पिकअपको ठक्क. . .


बाँदरले सतायो खोटाङबासीलाई , किसानको बारीमै बास

खोटाङ  । पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदेखि बाँ�. . .


मदन भण्डारी राजमार्ग बन्ने भएपछी झापामा खुशीयाली

काँकडभिट्टा । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ । चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर . . .


सिरहाको कल्याणपुरमा विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु

१७ जेठ, लहान । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर  नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए । . . .


झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी

७ जेठ, झापा । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी भएको छ । आगलागीबाट तीन वटा छाप्रो जलेर नष्ट भएका छन् । दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर एवान हट नम्बर ३५ मा बुधबार दिउँसो २ बजेतिर अचानक आगलागी हुँदा उक्त छाप्रोसहित नजिकै रहेको अन्य दुई वटा छाप्रो हट नम्बर ३३ र हट नम्बर १०८ . . .


सप्तरीमा चितुवाको आक्रमणबाट महिला गम्भीर घाइते

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उ�. . .