पुर्व

मोरङको विभिन्न स्थानमा दुर्घटनामा, ६ जना घाइते

विराटनगर २५ चैत । मोरङको विभिन्न स्थानमा शनिबार साँझ भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । पथरी(शनिश्चरे नगरपालिका ९ महेन्द्र चोकमा शनिबार साँझ ५ बजे को १४ प २२५३ नम्बरको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा दुर्घटना हुँदा तीन जना घाइते भएका छन। घाइते हुनेमा मोटरसाइकलका चालक �. . .


घर लिप्ने माटो लिन गएकी भगिमायाकाे माटोको ढिस्कोले पुरिएर मृत्यु

विराटनगर २५चैत्र । घर पोत्न प्रयोग गरिने रातोमाटो खन्न पुगेकी एक महिलाको माटोले पुरिएर अकाल मै मुत्यू भएको छ । मोरङको लेटाङ नगनगरपालिका ९ जाँते स्थित बाह्रगोठेमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर विनोद दुलालकी श्रीमती २५ बर्षीय भगिमाया मगर (दुलाल) को ईलाका प्रहरी कार्यलय लेटाङल�. . .


विराटनगर बिमानस्थलमा यात्रु मात्र, विराटनगरबाट काठमाण्डौ उड्न चार घण्टासम्म होल्ड

सुमन सुस्केरा विराटनगर, २३ चैत । विराटनगरमा नियमित उडान अबतरण नहुँदा लामो समयसम्म यात्रु जहाजको प्रतिक्षामा बस्नु पर्ने बाध्यता बिगत केही दिन देखि शुरु भएको छ । केही दिन अघि मात्र काठमाण्डौ जानको लागि बिराटनगर विमानस्थल २ बजे पुगेर राती ९ बजे उड्नु भएकी सीमा आभासले विमान कम्पनीहरुको दादागिरीका कारण. . .


मोरङको सनम हत्या प्रकरण, एसएसपी पनि अनुसन्धानको घेरामा -अपराध महाशाखाका एसएसपी हेडक्वार्टर तानिए

विराटनगर, २२ चैत । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेको भनिएका एसएसपी लोहनीलाई प्रहरी हेडक्�. . .


सुनसरीको भोक्राहामा जीप दुर्घटना एकजनाको मृत्यु ,५ जना घाईते

विराटनगर, २२ चैत । सुनसरीको भोक्राहा नर्सिङ ४ चिरौली चौकमा आज बिहान भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ । अन्य ५ जना घाईतें भएका छन् । बा १७ च १०९७ जीप साईकल यात्रीलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकी एक महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । ज्यान ज�. . .


मुखमा लुकाएको ब्राउनसुगर सहित युवती पक्राउ

झापा, २२ चैत। झापाको मेचीनगर नगरपालिका-६ हिकोला मोडबाट प्रहरीले  मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा शिवशताक्षी नगरपालिका-११ बस्ने  २७ बर्षिय एक युवतीलाई १ ग्राम २०० मिली ग्राम  ब्राउन सुगर �. . .


आफ्नै नातिनी करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

विराटनगर २१ चैत । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ बर्षिय एक पुरुष रहेका छन्। उनले आफ्नै १२ बर्षिया नातिनीलाई केही समय देखी डर र त्रास देखाई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरी परेपछि गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको ह�. . .


झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर प्रहरी टोलीमाथि खुकुरी प्रहार

झापा, रासस । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राई. . .


आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा �. . .


सामुदायिक विद्यालयको गुणस्तर सुधार नभए शिक्षक कार्वाहीमा

तहैथुम, २१ चैत । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभए प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ । सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको भन्दै मुख्यमन्त्री राईले शैक्षिक गुणस्तर सुधार नगर्ने विद्यालय र शिक्षक सम�. . .


तस्करीको लाईन खुलाई दिन २५ हजार दिने एक भारतीय पक्राउ

सुनसरी, १९ चैत । सुनसरी प्रहरीले तस्करीको लाईन खुलाईदिन भन्दै प्रहरीलाई पैसा दिन आएका एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला बसमतीया पंचायत–४ घर भएका विधानन्द साह रहेका छन्। साहले जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियालाई भ. . .


कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट

सिन्धुली, चैत २० । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ । कालिका कन्स्ट्रक्सनले धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको . . .