अन्तराष्ट्रिय खबर

आसाममा २४ घन्टाभित्रै आठ नवजात शिशुको मृत्यु

नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको. . .


मस्कोमा बस र रेल ठोक्किदा १९ को मृत्यु

मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए । यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले �. . .


ब्रिटिश लेखक काजुओ इसिगुरोलाई नोबेल साहित्य पुरस्कार

ब्रिटिश लेखक काजुओ इसिगुरोलाई यसवर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिने भएको छ । उपन्यासकार काजुओलाई बेजोड भावनात्मक शक्ति भएका व्यक्ति भनिएको छ । संसारसँगको सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिन लागेको हो ।  ६२ वर्षीय लेखकका चर्चित उपन्यासहरु ‘द रिम. . .


अफगानिस्तानमा ८१ जना तालिबान लडाकू मारिए

काबुल । अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा ८१ जना तालिबान लडाकू मारिएका छन् । विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही तथा केही स्थानमा भएका भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् । अफगानिस्ता. . .


मेक्सिकोमा फेरी अर्को शक्तिशाली भूकम्प

बेइजिङ (रासस/सिन्ह्वा) । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएक. . .


मेक्सिकोमा ७.१ रेक्टरको भूकम्प, १२० जनाको मृत्यु

मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १२० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ । मारेलस राज्यका गभर्नरले दर्जनौं व्यक्तिहरू मारिएको बताएका छन् । �. . .


इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु

दक्षिणी इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु भएको छ । धिकार प्रान्तको राजधानीमा भएको विस्फोटमा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँको एक चेक पोइन्टमा विस्फोट गराइएको थियो । घटनामा कम्तिमा ९० जना घाइते भएका छन् ।  समाचारमा जनाइएअनुसार यसको जिम्मा आइएसले लिएको छ ।. . .


फ्रान्समा एकै परिवारका चार सदस्यको हत्या

पेरिस (फ्रान्स) । फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ । आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत�. . .


उत्तर प्रदेशमा अर्को रेल दुर्घटना

हावडाबाट जवलपुर जाँदै गरेको शक्तिपुञ्ज एक्सप्रेस रेलका ७ डिब्बाहरू बिहिबार बिहान सोनभद्र नजिकै लिगबाट तल खसेका छन् । घटना ओबरा थानाक्षेत्रको फफराकुण्ड स्टेसन छेउँमा घटेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जुन ठाउँमा रेलका डिब्बाहरू पल्टेका छन्, त्यहाँ रेलको पटरी भाँचिएको देखिन्छ । उक्त घटना�. . .


गुरमित राम रहीमको आश्रममा खानतलासी सुरु

डेरा सच्चा सौदाको मुख्यालयमा आश्रित र समर्पित साध्वीहरूको यौनशोषण गरेको आरोपमा २० वर्षको जेल सजाय पाएका भारतका कथित धर्मगुरु गुरमित राम रहीमको पञ्जाब सिरसास्थित आश्रमको खानतलासी गर्न पञ्जाब तथा हरियाणा उच्च न्यायालयले अनुमति दिएको छ । अनुमतिपछि प्रशासनले उक्त आश्रमको व्यापक खानतलासी सुरु गरेको स. . .


पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु

पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तान�. . .


उत्तर कोरियामा ठूलो भूकम्प, परमाणु परीक्षणले भूकम्प गएको अनुमान

भदौ १८ – उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव. . .