कोशी

सुनसरीबाट ठूलो परिमाणमा गाँजा बरामद

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित खेतबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले सोमबार राति ११ : ३० बजेतिर धानबारीमा लुकाइराखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसप�. . .


कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका नागरिकका परिवारलाई तत्काल एकलाख राहत

विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल. . .


इलामको पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ । घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप. . .


विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा, प्रदेश सरकार सक्रिय रहेको दाबी

विराटनगर । लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्�. . .


बाढीपहिरोमापरी पाँचथरमा दुई जनाको मृत्यु

काठमाडौं । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको हो भने शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सो. . .


इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

विराटनगर । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिक. . .


कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण

विराटनगर । लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ । प्रमुख अवरुद्ध सडकहरूः पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्�. . .


मोरङमा बाढिले हालसम्म पुर्‍याएको क्षति

विराटनगर। पूर्वी नेपालका विभिन्न स्थानमा अविरल वर्षापछि बाढीले ठूलो क्षति पुर्‍याएको छ। हालसम्म प्राप्त विवरण अनुसार मोरङको अवस्था यस्तो छ । विराटनगरदेखि सुनबर्शी, उर्लावारी र मिक्लाजुङसम्मका क्षेत्रमा बस्ती डुबानमा परेका छन्। विराटनगर–१२ मा सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई बखरी आधारभूत विद्�. . .


पानीको उच्च बहावका कारण कोशी पुलमा सवारी आवागमन पूर्णरूपमा बन्द

विराटनगर । कोशी नदिको पुलमा अहिले सर्वसाधारणका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ। अत्यावश्यक आपतकालीन सवारी साधनलाई मात्रै पुल पार गर्न अनुमति दिइएको प्रशासनले जनाएको छ। जनतालाई सतर्क रहनुका साथै प्रशासनले जारी गर्ने सूचना अनुसार मात्र यात्रा गर्न आग्रह गरिएको छ। यस्तै, पानीको उच्च बहा. . .


कोशीमा वर्षासँगैको विपद् : सप्तकोशीमा सबै ५६ ढोका खुला, बाढीपहिरोको त्रास

विराटनगर । लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुवानको त्रास फैलिएको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ । ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीनवटा रातो बत्ती बालिएको छ । सुनसरी, मोरङ र झापा स. . .


झापाको भद्रपुरमा मोटरसाइकल ठक्करबाट घाइते बालिकाको उपचारका क्रममा मृत्यु

झापा : झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । ९ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी भद्रपुर नगरपालिका-४ निवासी समीर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । गत असोज ८ गते साँझ ६:५५ बजे भद्रपुर- ४ तारानगरस्थित भि. . .


विराटनगरबाट झापा जाँदै गरेको बस दुर्घटना, बस कन्डक्टरसहित दुईको मृत्यु

झापा । झापाको बिर्तामोडमा बिहीबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको । १३ जना यात्रु घाइते भएका छन् । बिहीबार बिहान ९: ३० बजे विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बर रहेको सगरमाथा यातायातको यात्रुबाहक बस बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट अगाडि �. . .